समाचार
हतियार देखाएर साढे १५ लाख लुटियो
जनकपुरधाम । सिरहामा आज बिहान हतियार देखाएर मनी ट्रान्सफरको साढे १५ लाख रुपैयाँ लुटिएको छ । सिरहा सदरमुकाममा विष्णुपुरमा सञ्चालित शिव मनी ट्रान्सफरका लागि पुरुषोत्तम यादवले लिएर जाँदै गरेको उक्त रकम भारतीय मोटरसाइकलमा आएका हतियारधारी समूहले लुटेको सिरहाका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सिराहाको ग्लोबल बैंकबाट निकालेर लैजाँदै...
कांग्रेसले उपनिर्वाचन परिचालन संयोजक तोक्यो
काठमाडौं । नेपाली कांग्रेसले आसन्न हुने उपनिर्वाचनका लागि चुनाव परिचालन संयोजक तोकेको छ । कांग्रेसले आगामी वैशाज १५ मा इलाम प्रतिनिधि सभा २ र बझाङ प्रदेश सभा १ मा हुने उपनिर्वाचनका लागि दुई चुनाव परिचान संयोजक तोकेको हो । कांग्रेसले इलाम–२ का लागि महामन्त्री विश्वप्रकाश शर्मा र बझाङ प्रदेश...
अवैध लागूऔषधसहित सात जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको विभिन्न स्थानबाट सात जनालाई पक्राउ गरेको छ । प्रहरीले बैतडी, सुनसरी, झापा, मोरङ र बर्दिया जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले बैतडीको दशरथचन्द नगरपालिका–८ झुलाघाटबाट अवैध लागूऔषध खैरो हेरोइन २ सय मिलिग्रामसहित शनिबार एक जनालाई पक्राउ गरेको छ ।...
लुम्बिनीमा ४ सदस्यीय मन्त्रिपरिषद् गठन
बुटवल । लुम्बिनी प्रदेशमा चार सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको छ । शुक्रबार मुख्यमन्त्री नियुक्त भएका जोखबहादुर महराले प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ लिएपछि मन्त्रिपरिषद् गठन गरेका हुन् । मुख्यमन्त्री महराले तीन जनालाई मन्त्रीमा नियुक्त गरेसँगै पहिलो चरणमा चार सदस्यीय मन्त्रिपरिषद बनेको हो । नवनियुक्त मन्त्रीहरुमा नेकपा एमालेबाट चेतनारायण आचार्य,...
शेयर बजारमा सुधारको संकेत, २२ अंकले बढ्यो नेप्से
काठमाडौं । केही दिनदेखि लगातार ओरालो लागेको शेयर बजारमा सुधारको संकेत देखिएको छ । पाँच दिनको ओरालो यात्रालाई ब्रेक लगाउँदै आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा सुधारको संकेत देखिएको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२ दशमलव ७५ अकंले बढेर २०२६ दशमलव ८१ बिन्दुमा बन्द...
बारुद बनाउन प्रयोग गरिने सामग्रीसहित पक्राउ
झापा । झापाको मेचीनगर नगरपालिका–१ सारूगोडाबाट बारुद बनाउन प्रयोग गरिने सामग्रीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–१ देवीगंज बस्ने ६० वर्षीय श्रीप्रसाद हुमागार्इँ रहेका छन् । हुमागाईँ सोडा ३ किलो ४२ ग्राम र गन्दक ४ सय ६८ ग्रामसहित शनिबार पक्राउ परेका हुन् । प्रहरी चौकी...
हेटौंडामा आयोजित यू–१६ साइकल दौडमा आयुस प्रथम
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार आयोजित यू–१६ साइकल दौडमा आयुस दास प्रथम भएका छन् । हिमालयन राइडर्स सोसाइटी मकवानपुरले हेटौंडा–४ हुप्रचौर परिसरमा आयोजना गरेको प्रतियोगितामा आयुसले प्रथम भएका हुन् । १६ वर्ष मुनिका साइकल चालकबीच भएको प्रतियोगितामा आयुसले २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रमथ स्थान हाँसिल गरेका...
बालबोध माविको अभिभावक भेला सम्पन्न
मकवानपुर । बालबोध माध्यमिक विद्यालयको ६७ औँ अभिभावक भेला शनिबार सम्पन्न भएको छ । अभिभावक भेला हेटौंडा–१७ भुलभुलेस्थित विद्यालय प्राङ्गणमा सम्पन्न भएको हो । शैक्षिक सत्र २०८० को वार्षिक परीक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गर्दै कार्यक्रम सम्पन्न भएको हो । भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप अर्यालले आगामी वर्षका लागि...
शारदा माविले हात पार्यो शिक्षक भलिबलको उपाधि
मकवानपुर । मकवानपुरको हेटौंडामा सम्पन्न पाँचौ जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि शारदा माध्यमिक विद्यालय मकवानपुरगढी–५ ले हात पारेको छ । हेटौंडाको हुप्राचौरमा सम्पन्न फाइनल खेलमा छिमेकी विद्यालय भानु मावी गढी– ३ लाई पराजित गर्दै शारदा माविले उपाधि हात पारेको हो । खेलमा शारद माविले २५–११, १९–२५ र १५–५...
रास्वपा संसदीय दलको बैठक आह्वान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आह्वान गरिएको छ । बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा आज साँझ ५ बजे बस्ने गरी आह्वान गरिएको हो । रास्वपा प्रमुख सचेतक सन्तोष परियारले सो बैठकमा संसद्को कामकारबाहीमा पार्टीको प्रभावकारी उपस्थिति र भूमिकाको सम्बन्धमा छलफल हुने जानकारी दिए ।...










