हेटौंडामा युवक मृत अवस्थामा फेला
मकवानपुर । मकवानपुरको हेटौंडामा एक जना युवक मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको हेटौंडा उपमहानगरपालिका–१०, न्युरेनी जंगलमा २७ वर्षीय सुनिल थिङ मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार, थिङ भेलौरीको रूखमा झ्यालमा लगाउने पर्दाको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
मृतक थिङ मनकामना चोकमा बस्दै आएका थिए । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
