२३ किलो चरेशसहित एक जना पक्राउ
काठमाडौं । बर्दियाको सीमा इलाकाबाट सशस्त्र प्रहरी बलले २३ किलो चरेशसहित मंगलबार बिहान एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५, घर भएका ३४ वर्षीय बमबहादुर पुन रहेका छन् ।
उनलाई बर्दियाको बडैयाताल गाउँपालिका वडा नं २ फुटाहा स्थित सीमा इलाकाबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
सशस्त्र प्रहरी बलको बीओपी फुटाले उनको साथबाट ३९ वटा प्याकेटमा रहेको २३ किलो लागू औषध चरेस बरामद गरेको छ ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।
