पानीमा डुबेर मकवानपुरकी महिलाको मृत्यु

तु खबर संवाददाता
२०८१ बैशाख ३, सोमबार ०९:३२
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरमा पानीमा डुबेर आइतबार एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा थाहा नगरपालिका वडा नम्वर ४, नारायणझ्याउ बस्ने ७२ वर्षीया लाक्पा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, उनको स्थानीय धारापानीस्थित खोलामा जम्मा भएको पानीमा डुबेर मृत्यु भएको हो ।

मृतक शेर्पाको शव पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याइएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।