आजको मौसमः मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार, सोमबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखी मौसम मुख्यतया सफा रहनेछ ।
यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागको केही स्थानहरू र बाँकी पहाडी भू–भागको थोरै स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।
साथै लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा मध्यान्ह पछि हावा हुरीको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
