नयाँ वर्षको अवसरमा रक्तदान कार्यक्रम

तु खबर संवाददाता
२०८१ बैशाख ३,सोमबार ०८:२७

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आइतबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

उक्त रक्तदान कार्यक्रम रामेछाप काभ्रे मैत्रीसमाजले नयाँ वर्ष २०८१ सालको अवसरमा आयोजना गरेको हो ।

कार्यक्रम समाजका अध्यक्ष मानबहादुर लामाको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका १ का वडाध्यक्ष सबिन न्यौपानेको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा समाजका सह–सचिव देवीराम लामा, कोषाध्यक्ष दवीप्रसाद गौतम, सदस्यहरु क्रमशः सुकदेव काफ्ले, रमेशबहादुर कोइराला, ठाकुरदास षेर्स्थ, कानूनी सल्लाहकार अधिवक्ता केशवप्रसाद गौतम, सल्लाहकार चेतप्रासाद पौडेल लगायतको आतिथ्यता रहेको थियो ।