माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु

तु खबर संवाददाता
२०८१ बैशाख ३,सोमबार ०९:५१
file-photo

दाङ । दाङमा आइतबार दिउँसो माटोको ढिस्कोले पुरिएर २ बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षीय आशिष चौधरी र सोही ठाउँकै १२ वर्षीय माधव चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार, आन्द्राभरैयाका ४ बालक घरदेखि करिब ५ सय मिटर टाढा रहेको कर्मटे भन्ने स्थानमा बबई नदीको किनारमा खेल्न गएका थिए ।

सो क्रममा खेल्ने क्रममा तीन जना माटोको ढिस्कोमा पुरिएको थियो । खाल्डोमा माटोको ढिस्कोमा पुरिएका उनीहरुको उद्दार गरी राप्ती स्वास्थ्य विज्ञान घोराहीमा उपचारका लागि लगिएकामा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

खाल्डो किन खनिएको थियो भन्ने बारेमा अनुसन्धान भइरहेको जनाइएको छ ।