एमाले केन्द्रीय सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक हाल जारी छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक केहीबेर अघिबाट सुरु भएको हो ।
सो बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारीका सन्दर्भमा छलफल हुनेछ ।
यस्तै, एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक वैशाख ८ देखि १० गतेसम्म बस्दैछ ।
गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने परिषद् बैठकमा महाधिवेशनमा सहभागी २ हजार १५३ जनाको हाराहारीमा प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ ।