जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

तु खबर संवाददाता
२०८१ बैशाख २,आईतवार १८:०६
सांकेतिक तस्बिर

उदयपुर । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शनिबार एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेलका नगरपालिका–९ बस्ने ३८ वर्षीय सन्तोष कुमार माझी रहेका छन् ।

माझीले ती किशोरीलाई गत बुधबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।