एमाले सचिवालय बैठक बस्दै

तु खबर संवाददाता
२०८१ बैशाख २,आईतवार ०८:५२

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको हो ।

बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५ औँ स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बताए ।

उनका अनुसार, एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक यही वैशाख ८ र ९ गते ललितपुरको गोदावरीमा बस्ने गरी आह्वान गरिएको छ ।