अवैध लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले लागूऔषध खैरो हेरोइन १० ग्रामसहित दुई जनालाई शुक्रबार बिहान पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरुमा कास्कीको पोखरा महानगरपालिका–४ बस्ने ३४ वर्षीय प्रज्वल हराचन र काठमाडौं तारकेश्वर नगरपालिका–१६ माछापोखरी बस्ने २१ वर्षीय सुलभ तामाङ रहेका छन् ।
उनलाई प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, बा.प्र ०१–००६ ख ५२१७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई साथबाट सो परिमाणको लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको छ ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।