राष्ट्रिय सभा सदस्यमा शाक्य नियुक्त गर्न सिफारिस

तु खबर संवाददाता
२०८० चैत्र ३०,शुक्रबार १५:२८

काठमाडौं । सरकारले राष्ट्रिय सभाको सदस्य पदमा अञ्जान शाक्यलाई नियुक्त गर्न सिफारिस गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

राष्ट्रपतिबाट मनोनीत हुने एक राष्ट्रिय सभा सदस्य पद रिक्त रहेको थियो ।

शाक्य एमालेबाट सिफारिस भएकी हुन् । उनी पूर्व राजदूतसमेत हुन् ।