संसद्को हिउँदे अधिवेशन वैशाख २ बाट अन्त्य हुने

तु खबर संवाददाता
२०८० चैत्र ३०,शुक्रबार १५:४०
file-photo

काठमाडौं । संसद्को हिउँदे अधिवेशन वैशाख २ गतेबाट अन्त्य हुने भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार रातिबाट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

ती मन्त्रीका अनुसार, वैशाख २ गते राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको हो ।