जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

तु खबर संवाददाता
२०८० चैत्र ३०, शुक्रबार १८:०२

दाङ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दाङबाट शुक्रबार बिहान एक पुरुषलाई पक्राउ गरेको छ ।

प्रहरीले तुलसीपुर उपमहानगरपालिका–१३ साजखुटी बसन्तखेत बस्ने ६२ वर्षीय मान बहादुर सुनारलाई पक्राउ गरेको जनाएको छ ।

सुनारले ती किशोरीलाई बिहीबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय फुलबारी र तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।