श्री कृष्ण प्रणामी सेवा समिति मकवानपुरद्वारा भित्ते पात्रो सार्वजनिक

मकवानपुर । श्री कृष्ण प्रणामी सेवा समिति नेपाल मकवानपुरले शुभकामना आदानप्रदान तथा भित्ते पात्रो सार्वजनिक कार्यक्रमको आयोजना गरेको छ ।
समितिले नयाँ वर्ष २०८१ को अवसरमा शुक्रबार शुभकामना आदानप्रदान तथा भित्ते पात्रो सार्वजनिक कार्यक्रमको आयोजना गरेको हो ।
उक्त कार्यक्रम श्री कृष्ण प्रणामी सेवा समिति मकवानपुरका अध्यक्ष केदार प्रसाद चौलागाईँको सभाध्यक्षता एवम् समितिका केन्द्रीय उपाध्यक्ष रामकृष्ण तिवारीको प्रमुख आतिथ्यतामा भएको हो ।
श्री कृष्ण प्रणामी मन्दिर सुन्दरधाम गढी–५ मा भएको कार्यक्रम समितिका जिल्ला सचिव मोहन ढकालले संचालन गरेका थिए ।
कार्यक्रममा जिल्लाका पदाधिकारी एवम् जिल्ला भित्र रहेका मन्दिर इकाई समिति हेटौंडा–६, गौरीटारका अध्यक्ष राजु नेपाल, समिति हेटौंडा–४ का अध्यक्ष सुर्दशन प्रसाद वाक्ले र समिति मकवानपुरगढी–५ का अध्यक्ष बालकृष्ण घिमिरे, युवा परिषद्का जिल्ला अध्यक्ष राजु खतिवडा, पण्डित गोपाल कृष्ण तिमल्सिनालगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।
मकवानपुर जिल्लामा श्री कृष्ण प्रणाली समितिको ७ वटा मन्दिर रहेको समिति जिल्ला मकवानपुरका अध्यक्ष चौलागाईँले जानकारी दिए ।