सरकारद्वारा सुन्तलालाई राष्ट्रिय फल घोषणा

तु खबर संवाददाता
२०८० चैत्र ३०, शुक्रबार १६:१९
file-photo

काठमाडौं । सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सो घोषणा गरेको हो ।

राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र ९जिन बैंक० ले अनुसन्धान गरी सुन्तलालाई राष्ट्रिय फल बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव गरिएको थियो ।

सो प्रस्तावमाथि विभिन्न चरणमा छलफल गरी कृषि मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लगेको थियो ।