बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

तु खबर संवाददाता
२०८० चैत्र ३०, शुक्रबार १५:४९
file photo

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ बल्खुमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका–३ बस्ने ५२ वर्षीय सानु वाहक रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार, बा.प्र ०१–००६ ख ५७७८ नम्बरको बसले बा.९६ प ६०१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा वाहक गम्भीर घाइते भएका थिए ।

घाइते उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।