समाचार
संसदीय गतिविधिमा एकरुपता ल्याउन दुई दलका सांसदको प्रशिक्षण शुरु
काठमाडौँ, १९ फागुन । सांसदको गतिविधिमा सांसदले ध्यान दिनुपर्ने विषयमा नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)बाट निर्वाचित संघीय सांसदको प्रशिक्षण शुरु भएको छ । संसद्मा दरिलो उपस्थिति जनाउन र पार्टी एकतालाई मद्दत पुग्ने गरी संसदीय गतिविधिमा एकरुपता ल्याउन दुबै पार्टीले संयुक्तरुपमा नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रशिक्षण दिन लागेको हो । प्रशिक्षणमा...
दैनिक चार घण्टा हिँडेर विद्यालय जान्छन् विद्यार्थी
रोल्पा, १९ फागन । अध्ययनका लागि नजिक विद्यालय नहुँदा रोल्पा नगरपालिका– ९ ह्वामाका विद्यार्थी दैनिक चार घण्टा पैदल हिँडेर विद्यालय जान बाध्य छन् । रोल्पा नगरपालिका– ९ ह्वामाको बागेश्वरी माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी विद्यालय आउँदा र घर फर्कंदा दैनिक चार घण्टा पैदलयात्रामै बिताउनु पर्दा उनीहरुले पढाइमा सास्ती व्यहोर्नु...
कृषि र युवा वर्गलाई केन्द्रमा राखेर बजेट ल्याइने
पाँचथर, १९ फागुन । प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आगामी बजेट कृषि र युवा वर्गलाई केन्द्रमा राखेर ल्याइने बताउनुभएको छ । गृहजिल्ला पाँचथर सदरमुकाम फिदिममा आज पत्रकारसँग कुरा गर्दै मन्त्री आङबोले युवालाई स्वरोजगार बनाउने र कृषिलाई आधुनिकीकरण गरेर निम्नस्तरका जनताको आर्थिक अवस्थालाई उठाउने किसिमको बजेट आउने...
सीमा क्षेत्रमा ५९ स्तम्भको पुनःनिर्माण
दाङ, १९ फागुन । दाङको नेपाल भारत नाका क्षेत्रमा ५९ वटा सीमा स्तम्भ पुनःनिर्माण गरिएको छ । भारतसँग जोडिएको दाङ भू–भाग ८३ किलोमिटरमा ७७ वटा सीमा स्तम्भ रहेका छन् । ७७ मध्ये ३७ मुख्य र ४० वटा सहायक रहेका छन् । तीमध्ये हालसम्म नेपाल र भारतले ५९ वटा सीमा...
मजदुर नहुँदा उद्योग बन्द गर्नुपर्ने बाध्यता
नगरकोट, १९ फागुन । भक्तपुरका उद्योगी व्यवसायीले मजदुर समस्याले गर्दा उद्योग बन्द गर्नुपर्ने बाध्यता रहेको बताउनुभएको छ । भक्तपुर उद्योग वाणिज्य संघमा नवनिर्वाचित पदाधिकारीको सम्मानमा भक्तपुर घरेलु तथा साना उद्योग संघले शुक्रबार गरेको बधाई कार्यक्रममा उद्योगी व्यवसायीले मजदुर समस्याले घरेलु तथा साना उद्योग झन् ठूलो समस्यामा रहेको बताउनुभयो ।...
काभ्रे महोत्सव बुधबारदेखि शुरु
धुलिखेल, १९ फागुन । धुलिखेल उद्योग वाणिज्य संघ काभ्रेपलाञ्चोकको आयोजनामा यही फागुन २३ देखि चैत ३ गतेसम्म ‘काभ्रे महोत्सव–२०७४ हुँदैछ । धुलिखेलस्थित धुलिखेल रंगशालामा हुने सो महोत्सव ‘विकास, सुशासन र अग्रगमनको आधार, नेपालको आर्थिक समृद्धिको बहार’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको संघका अध्यक्ष मञ्जुकुमार कोजुले बताउनुभयो । “स्थानीय...
‘एक परिवारले गरे पत्रकार उपचार कोष’लाई सहयोग
विर्तामोड, १९ फागुन । नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोड– १ निवासी प्रसार्इं परिवारले रु ५१ हजार प्रदान गरेको छ । मातापिता जानुका र धनपति प्रसाईंका स्मृतिमा छोराबुहारी ओमभक्त, दीपालक्ष्मी र नातिनी उपासनाले उक्त रकमको चेक पत्रकार महासंघका उपाध्यक्ष एवं उपचार कोषका संयोजक एकराज...
रु २५ लाखको लट्री परेको भन्दै ठगी गर्ने पक्राउ
अर्घाखाँची १९ फागुन । भूमिकास्थान नगरपालिका वडा नं ७ स्थायी बसोबास गर्ने सुनिल परियार सामाजिक सञ्जाल इमोमार्फत ठगिन पुगेका छन् । यही फागुन १० गते रोजगारीको सिलसिलामा युनाइटेड अरब दुबईमा रहेका प्रताप रानाले परियारलाई तपाईँलाई लट्री परेको छ भनी इमोमार्फत जानकारी गराएका थिए । रानाले परियारलाई “रु २५ लाख...
दुई व्यक्तिले गरे सामुदायिक भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध
बाबियाचौर, म्याग्दी, १९ फागुन । म्याग्दीको धौलागिरि गाउँपालिका– ३ घट्टेखोलामा सामुदायिक भवन निर्माणका लागि दुई व्यक्तिले निःशुल्क जग्गा उपलब्ध गराउनुभएको छ । स्थानीयवासी दलबहादुर भण्डारी र भिमात्ती भण्डारीले रु दुई लाख ७५ हजार मूल्य बराबरको एक रोपनी छ आना जग्गा शुक्रबार वडा कार्यालयलाई दिनुभयो । दलबहादुरले रु ६५ हजार...
फुटपाथका कारण सिंगो नगर क्षेत्र अस्तव्यस्त
ललितपुर, १९ फागुन । ललितपुर महानगरपालिकाका व्यस्त सडकमा फुटपाथ पसल नहट्दा सिंगो नगर क्षेत्र अस्तव्यस्त भएको छ । फुटपाथ पसलका कारण सवारी चालक, पैदलयात्रीसँगै स्थानीय व्यापारीसमेत हैरान बनेका छन् । महानगरपालिकाले केही समयका लागि कडाइ गर्दा सडक खाली भए पनि त्यो लामो समयसम्म टिक्न सकेको छैन । दिउँसो सडकको...










