समाचार

भारोत्तोलन च्याम्पियनसीपमा सहभागी हुन नेपाली टोली इरान जाने

 काठमाण्डौं २० फागुन । भारोत्तोलन च्याम्पियनसीपमा सहभागी हुन तीन खेलाडीसहित छ सदस्यीय नेपाली टोली इरानको अहभाज प्रस्थान गर्ने भएको छ । मार्च ६ देखि ११ तारिखसम्म हुने उक्त प्रतियोगितामा ३ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । ७७ किलो तौल समूहमा कमलबहादुर अधिकारी, ८५ किलोमा सुरेन्द्र श्रेष्ठ तथा १०५ किलोमा...

टिपरमा करेन्ट लाग्दा चालकको मृत्यु

चितवन, २० फागुन । रासस पूर्वी चितवनको खैरहनीमा आज दिउँसो टिपरबाट बालुवा खसाल्ने क्रममा करेन्ट लागेर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा मनहरी गाउँपालिका–३ मकवानपुरका साजन माझी रहेका छन् । खैरहनी नगरपालिका–१० स्थित ढुु्ङग्रे खोला पुलनजिकै ना ७ ख ४८१८ नम्बरको टिपरले...

पर्साकी सिमरन स्याङ्बो बनिन् मिस तामाङ

काठमाडौँ, २० फागुन । यस वर्षको मिस तामाङको उपाधि पर्साकी सिमरन स्याङ्बोले जित्नुभएको छ । नेपाल तामाङ कला–संस्कृति केन्द्र र एभरेष्ट फेसन होमले संयुक्त रुपमा शनिबार यहाँ आयोजना गरेको एघारौँ संस्करणको मिस तामाङको उपाधि पर्सा ठोरी गाउँपालिका–४ की सिमरनले जित्नुभएको हो । उहाँले प्रतियोगितामा सहभागी २८ प्रतिस्पर्धीलाई उछिन्दै उपाधि...

पल र आँचलको प्रेमयुद्ध, नम्बर एकमा शत्रु गते

मकवानपुर, २० फागुन । चर्चित अन स्क्रिन जोडी नायक पल शाह र नायिका आँचल शर्मा अभिनित नेपाली कथानक चलचित्र ‘शत्रु गते’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सर्वाधिक पर्खाईमा भएको चलचित्रको ट्रेलर सार्वजनिक भएको दुई दिनमा नै युट्युबको नम्बर वान ट्रेण्डिङमा पर्न सफल समेत भएको छ । थुप्रै हाँस्य...

कुष्माण्ड सरोबरको मकर मेलामा ७ लाख आम्दानी

मकवानपुर, २० फागुन । कुष्माड सरोबर त्रिबेणी धाममा एक महिनासम्म लागेको मकर मेलामा ७ लाख १५ हजार रुपैयाँ आम्दानी भएको छ । कुष्माण्ड सरोबर त्रिवेणी धाम बिकास समितिले शनिबार माघ महिनाको मकर मेलाको आय ब्यय बिबरण सार्वजनिक गर्दै त्यसको जानकारी दिएका हुन् । मेलामा १ लाख २९ हजार ७...

गाउँपालिका केन्द्र तोक्न आन्दोलन, लामाखेतमा कायम

फलेवास, पर्वत, २० फागुन । लामो समयदेखि बल्झिएको यहाँको एक गाउँपालिकाको केन्द्र विवाद समाधान भएको छ । उत्तरी पर्वतको जलजला गाउँपालिकाको केन्द्र राख्ने विषयमा जनप्रतिनिधिबीच भएको विवाद मिलेको हो । साबिकको माझफाँट गाविसको कार्यालयवाट सञ्चालन हुँदै आएको गाउँपालिकाको केन्द्र अब सोही गाविसको लामाखेतमा सर्ने भएको छ । हालै संघीय...

होलीमा अमर्यादित क्रियाकलाप गर्ने सातविरुद्ध मुद्दा

चितवन, २० फागुन । प्रहरीले फागु पर्वमा अमर्यादित क्रियाकलाप गर्ने सात जनालाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले होली पर्व २०७४ सुरक्षा योजनाअन्तर्गत ३९ जनालाई पक्राउ गरी तीमध्ये सात जनालाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दायर गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता...

ओलीको वार्ता प्रस्तावमाथि बिप्लवको आशंका

काठमाडौं, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण राजनीतिक मूलधारमा फर्केर राजनीतिमा आउन विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आह्वान गरेका छन् । यद्यपि एकीकृत जनक्रान्तिमार्फत सत्ता कब्जा गर्ने अभियानमा रहेको विप्लव नेतृत्वको पार्टी नेकपाका एक जना पोलिटब्यूरो सदस्यले भने सरकार वार्ता गर्न नभई फाँसिष्ट दमनमा उत्रेकाले यथास्थितिमा वार्ता...

माननीयको ‘हिन्दी मोह’ : मातृभाषा छाडेर हिन्दीमा सपथ

काठमाडौं–प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यले फागुन भोलि गते सपथ लिँदैछन् । सवै सदस्यले आफुले कुन भाषामा सपथ लिने भन्ने जानकारी संसद सचिवालयमा गराईसकेका छन् । यसका लागि सचिवालयले शुक्रवारसम्म निवेदन मागेको थियो । ३३४ संसदमध्ये ४२ जनाले विभिन्न ‘मातृभाषा’ मै सपथ लिने निवेदन दिएका छन् । नेपाली भाषापछि सबैभन्दा बढी...

प्रधानन्यायाधीश पराजुलीलाई महाअभियोग माग गर्दै डा. केसी अनसन बस्ने

काठमाडौँ । यहि २९ गतेबाट अनसन बस्ने डा. गोविन्द केसीले घोषणा गरेका छन् । प्रधानन्यायाधीश गोपाल पराजुलीलाई महाअभियोग लगाउन माग गर्दै डा. केसी अनसन बस्न लागेका हुन् । डा. केसीले आज एक विज्ञप्ती जारी गर्दै प्रधानन्यायाधीश पराजुलीलाई महाअभियोग लगाउनु पर्ने र शिक्षा सम्बन्धी आयोगले कारवाही सिफारिस गरेकालाई कारवाही हुनुपर्ने...