मन्त्रालयको संख्या थप्नेबारे छलफल

तु खबर संवाददाता
२०७४ चैत्र २, शुक्रबार ०६:४०

काठमाडौँ : मन्त्रिपरषद्को आजको बैठकमा मन्त्रालयहरुको संख्या थप र पुनः गठनबारे छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको बैठकले सो विषयमा प्रारम्भिक छलफल गरेको महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले जानकारी दिनुभयो ।
विगतमा रहेका ३१ मन्त्रालय घटाई वर्तमान सरकारले कार्यसम्पादन नियमावली संशोधन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ मन्त्रालय कायम गरेकामा सरकारमा संघीय समाजवादी फोरम नेपालको सहभागिता हुने भएकाले केही मन्त्रालय थप्ने गृहकार्य भएको हो । संविधानअनुसार संघीय सरकारका २५ सदस्यसम्म मन्त्री रहन सक्नेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केहीदिनमा मन्त्रिमण्डल विस्तार गर्दै हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*