समाचार
पार्टी एकतामा धोका नहुने प्रधानमन्त्री ओलीको दाबी
काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री एवम् नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकतामा कुनै धोका नहुने स्पष्ट गर्नुभएको छ । झापा आन्दोलनका पाँच शहीदको ४५औँ वार्षिक स्मृति दिवसका अवसरमा आज नेकपा एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित स्मृति सभा कार्यक्रममा उहाँले आफ्नो पार्टी विगतदेखि नै कम्युनिस्ट...
काँग्रेस संसदीय दलको नेतामा सभापति देउवा निर्वाचित
काठमाडौँ, २१ फागुन । नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा अत्यधिक मतका साथ निर्वाचित हुनुभएको छ । केहीबेर अघि सम्पन्न निर्वाचनमा देउवाले कूल ६३ मतमध्ये ४४ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी प्रकाशमान सिंहले १९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत चिनकाजी श्रेष्ठले जानकारी दिनुभयो...
विप्लव नेतृत्वको नेकपाले माग्यो हेटौँडाका मेयरको राजिनामा, राजिनामा नदिए कारवाही गर्ने चेतावनी
मकवानपुर, २० फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जनपरिषद् नेपाल मकवानपुरले हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको राजीनामाको माग गरेको छ । आइतबार नेपाल कम्युनिष्ट पार्टी मकवानपुरका इन्चार्ज विरबहादुर घलान ‘ज्वाला’ मार्फत जनपरिषद् नेपालले मेयर महतको राजिनामा माग गर्दै महतलाईलाई राजीनामा माग पत्र समेत थमाएको बताइएको छ ।...
राप्रपा केन्द्रीय कार्य समितिको बैठक मंगलबार
काठमाडौँ, २० फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न भागमा छरिएका राप्रपा तथा विभिन्न राष्ट्रवादी मोर्चासँग एकीकरण गर्नेलगायत विषयमा छलफलका लागि केन्द्रीय कार्य सम्पदान समितिको बैठक मंगलबार बोलाएको छ । केन्द्रीय कार्यालय धूम्रबराहीमा दिउँसो १ः०० बजे बस्ने उक्त बैठकले मुलुकमा पछिल्लोपटक विकसित भएको राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पूर्वपञ्च परिवेशका दलसँग...
चुरेहिलमा बिरामीको मृत्यू भएपछि मृतकको परिवार आक्रोशित, अस्पताल प्रशासनसँग छलफल गर्न समिति गठन
मकवानपुर, २० फागुन । मकवानपुर हेटौँडा–११ थानाभर्याङमा रहेको चुरेहिल अस्पतालमा अपरेशन गरेका एक बिरामीको मृत्यू भएपछि मृतकका आफन्तहरु आक्रोशित भएका छन् । आक्रोशित आफन्तहरुले केही बेर अस्पताल प्राङ्गणमा नाराबाजी समेत गरेका थिए । अस्पताल प्रशासन र मृतकका आफन्तहरुबिच छलफलका लागि भोलि बिहान ९ बजेको समय थप गरिएको र वडा...
भुजेलको हत्यारा पक्राउ
काठमाडौँ, २० फागुन । महानगरीय प्रहरी परिसरले सिटी सेन्टरको विग मुभिज सिनेमा घरमा कार्यरत सेक्युरिटी गार्डको हत्यारालाई पक्राउ गरेको छ । प्रहरीले सिटी सेन्टरमा विग मुभिज सिनेमा घरमा दुई वर्षदेखि कार्यरत सेक्युरिटी गार्ड रवीन खवास भुजेलको हत्यामा संलग्न रुद्रबहादुर बस्नेतलाई शुक्रबारै पक्राउ गरेको हो । बस्नेतले शुक्रबार बिहान ३ः३०...
धनगढीमा सांसद चौधरी सहित २४ जना अनशनमा
धनगढी, २० फागुन । टिकापुरको घटनाका मुख्य आरोपी रेशमलाल चौधरीसहित २४ जना आज साँझदेखि कारागारभित्रै अनशनमा बसेका छन् । कैलाली निर्वाचन क्षेत्र नं। १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीसहित टीकापुर घटनालगत्तै प्रहरीले पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका २४ जना विभिन्न माग राख्दै अनशनमा बसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता...
मकवानपुरको राक्सिराङबाट एक जना पक्राउ
मकवानपुर, २० फागुन । मकवानपुरको राक्सिराङ गाउँपालिकाबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । फागुन २० गते विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नायक निरिक्षक विजय दास बानियाँको कमाण्डमा खटिएको प्रहरी टोलीले लागुऔषध गाँजा सहित राक्सिराङ गाउँपालिका वडा नम्बर २ बैर्रेटारमा बस्ने...
काँग्रेस संसदीय दलको नेतामा देउवा र सिंहको उम्मेदवारी
काठमाडौँ, २० फागुन । नेपाली काँग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहको उम्मेदवारी परेको छ । सांसद विजयकुमार गच्छदारले सभापति देउवालाई प्रस्ताव गर्नुभएको थियो भने मानबहादुर विकले समर्थन गर्नुभएको थियो । त्यसैगरी प्रकाशमान सिंहको उम्मेदवारीलाई सांसद सीतादेवी यादवले प्रस्ताव र सञ्जयकुमार गौतमले समर्थन...
प्रदेश नं ३ को नाम ‘नेपालमण्डल’ उचित : सांसद् शाक्य
मकवानपुर २० फागुन । प्रदेश नं ३ को प्रदेशसभाका सदस्य डा अजयक्रान्ति शाक्यले सो प्रदेशको नाम ‘नेपालमण्डल’ राख्नु सबै दृष्टिकोणबाट उचित हुने बताएका छन् । लिच्छविकालदेखि यस प्रदेशमा रहेका क्षेत्रलाई ‘नेपालमण्डल’ भनिएको जनाउँदै नेकपा एमाले समानुपातिक सांसद् शाक्यले भूगोल, जनसंख्या र पहिचानका आधारमा सो नाम उचित हुने जनाउँदै नेवाः, ताम्सालिङ...










