समाचार

योजनाका काम तीब्र गतिमा अगाडि बढाउन मुख्यमन्त्रीको आग्रह

कैलाली, २२ फागुन । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले निर्माण कार्यमा ढिलाइ भइरहेका महत्वपूर्ण विकास निमार्णका योजनाको काम तीव्र गतिमा अगाडि बढाउन आग्रह गर्नुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले आज यहाँ गरेको अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले ७ नं प्रदेशका सम्पूर्ण योजनाक सडक निर्माणमा...

प्रधानमन्त्री ओलीले यसरी दिए नेता नेपाललाई जन्मदिनको शुभकामना

काठमाडाँै, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा ९एमाले० का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ६५ औँ जन्मोत्सवका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । वालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ नेता नेपालको ६५ औँ जन्मोत्सवका अवसरमा प्रधानमन्त्री ओलीले फूलको बुकी प्रदान गरेर उहाँलाई दीघार्यूको कामना गर्नुभएको हो । यसैगरी,...

चुरेहिलको स्पष्टिकरण यस्तो छ , अस्पतालको दोषले विरामीको मृत्यु भएको होइनः व्यवस्थापक अधिकारी

मकवानपुर २२ फागुन । मकवानपुरको थानाभर्याङमा रहेको चुरेहिल हस्पिटलमा फागुन २० गते सवारी दुर्घटनामा परी घाइते भएका पुण्य प्रसाद चौलागाईको उपचारको क्रममा मृत्यू भएको बिषयलाई लिएर अहिले बजारमा सन्सनी मच्चीएको छ । अस्पतालको गल्तीको कारण विरामीको मृत्यू भएको हो भन्ने आरोपहरु पनि थुप्रै आइरहेका छन्ु । यस बिषयमा चुरेहिल...

पल र आँचलसहित शत्रु गतेको टोलीले बुधबार हेटौँडामा धुम मच्चाउने

मकवानपुर, २२ फागुन । चलचित्रको गीत र ट्रेलरबाटै चर्चा कमाएको नेपाली कथानक चलचित्र ‘शत्रु गते’ को टोलीले बुधबार हेटौँडामा कन्सर्ट गर्ने भएको छ । मोफसलका दर्शक तथा सञ्चारकर्मीसंग भेटघाट गर्ने उदेश्यसहित मोफसल टुरमा निस्किएको चलचित्रको कलाकार टोलीले हेटौँडाको बुद्ध चोकमा धुम मच्चाउने भएको हो । बुधबार साढे ३ बजे...

मेयरकपमा आज वडा नम्बर ८ र १६ विजयी

मकवानपुर, २२ फागुन । हेटौँडामा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगितामा मंगलबार भएको खेलमा ८ नम्बर वडा र १६ नम्बर वडा विजयी भएका छन् । पहिलो खेलमा ८ नम्बर वडाले १७ नम्बर वडालाई ४–२ गोल र दोस्रो खेलमा १६ नम्बरले १३ नम्बर वडाको पदमपोखरी फुटबल टिमलाई टाइब्रेकरमा ४–३ गोल...

नेता माधव नेपालले संसदमै गाए राष्ट्रभक्तिको गीत ….संसद भवनको रमाईलोको यथार्थ विवरण

(रमेश लम्साल/सिबी अधिकारी) काठमाडौँ, २२ फागुन । ‘मेरो देश डुब्न लाग्यो किनार लगाइदेऊ, सपूत छौ कि कोई माझी बचाइदेऊ’ डा भोला रिजालले लेख्नुभएको यस गीतमा चर्चित गायक सत्यराज आचार्य र स्वरुपराज आचार्यले स्वर दिनु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधनको सुरुमै पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का नेता माधवकुमार...

बिरामीलाई उपचारको आश्वासन दिएर भारतमा पुराउनेलाई पक्राउ

सुरुङ्गा, झापा, २२ फागुन । उपचारको नाममा विभिन्न आश्वासन देखाएर भारतको पानीट्यांकीस्थित ‘माँ पाथीभरा क्लिनिक’मा बिरामी पु¥याउँदै ठगी गरेको आरोपमा आज एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही क्लिनिकमा कार्यरत झापा मेचीनगर नगरपालिका निवासी भूपेन्द्र भट्टराई रहेका छन् । भट्टराईले बिरामीलाई विभिन्न आश्वासन देखाएर उपचारका लागि भारत...

युवा रुपान्तरित नेतृत्वका लागि ५ दिने सेमिनार हेटौँडामा शुरु

मकवानपुर, २२ फागुन । हेटौँडामा ५ दिने ‘रुपान्तरित अलौकिक सिद्धान्त सेमिनार’ मंगलबारबाट शुरु भएको छ । विश्व शान्ति तथा एकीकृत परिवार संघ र सिद्धान्त अनुसन्धान महाविद्यालय संघ—नेपाल, हेटौँडा शाखाको आयोजनामा हेटौंडा—५, सानो पोखरामा अवस्थित संघको सभाहलमा सेमिनार शुरु भएको हो । सेमिनारमा संघका भक्तपुर शाखा संयोजक तथा युवा प्रशिक्षक...

तस्बिरमा पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमण (फोटो फिचर)

काठमाडौँ, २२ फागुन । नेपालको दुईदिने औपचारिक भ्रमण सम्पन्न गरी इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी आज अपराह्न स्वदेश प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई अर्थमन्त्री डा युवराज खतिवडा र परराष्ट्र सचिव शंकरदास वैरागीले बिदाइ गर्नुभयो । स्वदेश प्रस्थान गर्नुअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग उहाँले...

देश निर्माणको महत्वपूर्ण जिम्मेवारी वाम शक्तिको काँधमा आएको छ-नेपाल

काठमाडौँ, २२ फागुन । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले देश निर्माणको महत्वपूर्ण जिम्मेवारी वाम शक्तिको काँधमा आएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले नेपाली जनताको बुद्धिमानीपूर्ण निर्णयका आधारमा वामशक्तिले जनमत हासिल गरेकाले देश निर्माणको जिम्मेवारी प्राप्त भएको र वर्तमान सरकारले जनताका पक्षमा महत्वपूर्ण कार्यभार पूरा गर्ने...