प्रधानमन्त्रीले सार्वजनिक महत्वको वक्तव्य दिनुहुने

तु खबर संवाददाता
२०७४ चैत्र २, शुक्रबार १४:४३
फाइल तस्बिर

काठमाडौँ, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिनुहुनेभएको छ ।

संघीय संसद् सचिवालयले प्रधानमन्त्री ओलीले सार्वजनिक महत्वको वक्तव्य दिनेलगायत कार्यसूची तय गरेको छ ।

प्रधानमन्त्री ओलीले गत फागुन २८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगलाको विमान दुर्घटना र समसामयिक विषयमा वक्तव्य दिनुहुने बुझिएको छ । सो विषयमा बैठकले दुर्घटनामा निधन भएकाहरुलाई श्रञ्द्धाजलि दिने विशेष प्रस्तावसमेत पारित गर्नेछ ।

बैठकमा उपसभामुखको निर्वाचनको कार्यसूची पनि छ ।

आज दिउँसो १ बजेका लागि तोकिएको बैठक २ः१५ मा शुरु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*