समाचार

देउवाको चेतावनी–स्वतन्त्र न्यायपालिकाको गरिमा भत्काउने काम नहोस्

काठमाडौँ, २२ फागुन । नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले असन्तुष्ट पक्षलाई मिलाएर अगाडि लैजान वर्तमान सरकारलाई सफलता मिलोस् भन्ने कामना गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले संविधान कार्यान्वयनको महत्वपूर्ण कार्यभारका रुपमा रहेको तीन वटै तहको निर्वाचन सफल बनाउन सबैले खेलेको भूमिकाको प्रशंसा गर्दै संविधानका आधारभूत संरचनामा...

एमाले स्थायी कमिटी मंगलबार

काठमाडौँ, २१ फागुन । राष्ट्रपतिको उम्मेदवार चयनलगायत विषयमा छलफल गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक मंगलबार दिउँसो बस्ने भएको छ । निर्वाचन आयोगले यही फागुन २९ गतेका लागि राष्ट्रपतिको निर्वाचनको मिति तय गरेकाले सोबारेमा छलफल गर्न मंगलबार दिउँसो ४ बजे बैठक बस्न लागेको पार्टीका सचिव गोकर्णराज विष्टले जानकारी दिनुभयो...

सडक सुरक्षामा एनआरएनले सहयोग गर्ने

काठमाडौँ, २१ फागुन । गैरआवासीय नेपाली संघ एनआरएनएले सडक सुरक्षाका विषयमा सरकारसँग मिलेर काम गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संघबीच सडक सुरक्षासम्बन्धी ज्ञान र सीपलाई आदानप्रदान गर्नेसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा आज हस्ताक्षर भएको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव...

काँग्रेस संसदीय दलका उपनेतामा गच्छदार मनोनयन 

काठमाडौँ, २१ फागुन । नेपाली काँग्रेसका सभापति तथा संसदीय दलका नवनिर्वाचित नेता शेरबहादुर देउवाले संसदीय दलको उपनेतामा विजयकुमार गच्छदारलाई मनोनयन गर्नुभएको छ । सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा आज सभापति देउवाको अध्यक्षतामा बसेको पहिलो बैठकमा सभापति देउवाले उपनेतामा गच्छदारलाई मनोनयन गर्नुभएको हो । बैठकमा सभापति देउवाले आफूलाई संसदीय दलको...

अवैध रुपमा विदेश पठाएको आरोपमा क्याची एजुेकशनका सञ्चालक पक्राउ

काठमाडौँ, २१ फागुन । अवैध तरीकाले वैदेशिक रोजगारीमा पठाएको अभियोगमा ‘क्याची एजुेकशन एण्ड टे«निङ कन्सल्टेन्सी’का सञ्चालक पुरुषोत्तम खड्कालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार खड्कालाई रु सात लाखदेखि १२ लाखसम्म लिई वैदेशिक रोजगारीका लागि भन्दै अजरबैजान, पोल्याण्ड, दक्षिण अफ्रिका, इस्टोनेसिया, माल्टालगायत देशमा नेपाली...

नेपालको सहमतिविना महाकालीमा पुल बनाएको प्रति भारतद्धारा गल्ती स्वीकार

दार्चुला, २१ फागुन । नेपालको सहमतिविना महाकालीमा पुल बनाउनु आफ्नो गल्ती भएको भारतीय पक्षले स्वीकार गरेको छ । भारतको पिथौरागढ जिल्लामा नेपाल र भारतका सुरक्षा अधिकारीबीच भएको सीमा सुरक्षा बैठकमा अनुमतिविना सीमा नदीमा पुल लगाउनु ठूलो गल्ती भएको स्वीकार गरेको हो । महाकालीमा लगाइएका अस्थायी काठेपुल नेपाल सरकारले अनुमति...

विवाह खर्च घटाएर गरिब विध्यार्थीलाइ सहयोग

काठमाडौँ, २१ फागुन । नुवाकोटको बेलकोटगढी नगरपालिका–११ का गोकर्णप्रसाद तिवारी र श्रीमती विद्या खरेलले आफ्नो विवाह खर्च घटाएर निरञ्जन माविका गरिब र विपन्न तथा जेहेन्दार विद्यार्थीको शिक्षाका लागि आज रु दुई लाख सहयोग गर्नुभएको राससले जनाएको छ । तिवारीले आफ्ना पिता स्व होमनाथ तिवारीको नाममा अक्षयकोष स्थापनार्थ विद्यालयका प्राचार्य...

हेटौँडामा पहिलो पटक आँखाको नानी संकलन

हेटौँडा, २१ फागुन । मकवानपुरको हेटौँडामा पहिलो पटक आँखाको नानी संकलन गरिएको छ । हेटौँडा ४ निवासी विकाश श्रेष्ठ र प्रकाश श्रेष्ठले आफ्ना पिता स्वर्गीय रामकृष्ण श्रेष्ठको आँखाको नानी दान गरेका हुन् । मानिसको मृत्यु पश्चात जलेर खरानी हुने आँखाको नानी दान गरी दृष्टि विहिनहरुलाई दृष्टि प्रदान गर्न लायन्स...

नेकपाले राजिनामा मागेपछि हेटौँडाका मेयर महतले भने–‘खै मलाई थाहा छैन’

मकवानपुर, २१ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जनपरिषद् नेपाल मकवानपुरले हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको राजीनामा माग गरेको विषयलाई लिएर अहिले हेटौँडा तात्तिएको छ । आइतबार नेपाल कम्युनिष्ट पार्टी मकवानपुरका इन्चार्ज विरबहादुर घलान ‘ज्वाला’ मार्फत जनपरिषद् नेपालले मेयर महतको राजिनामा माग गर्दै महतलाई उनकै कार्यालयमा गएर...

हेटौँडाको जिएस चोकबाट एक युवक पक्राउ

मकवानपुर, २१ फागुन । मकवानपुर प्रहरीले हेटौँडाको जिएस चोकबाट एक युवकलाई पक्राउ गरेको छ । आज बिहान साढे ७ बजेको समयमा हेटौँडा–४ जिएस चोकमा शंकास्पद रुपमा बसिरहेको अवस्थामा बकैया गाउँपालिका वडा नम्बर ५ छतिवनका २३ वर्षीय लक्ष्मण घलानलाई प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी...