रेशम चौधरीलाई रिहा नगरी सरकारमा नजाने राजपाको सर्त
२०७४ चैत्र २, शुक्रबार १३:१४
काठमाडौँ । फोरम र राजपालाई सरकारमा सहभागी गराई थप बलियो सरकार बनाउने प्रधानमन्त्री केपी शर्मा ओली रजपाका कारण अझै अलमलमा छन् । राजपाकै कारण आज हुने भनिएको मन्त्रीपरिषद्को विस्तार पनि अन्यौलमा परेको छ । सरकारमा संगै आउन तयार रहेको राजपा रेशम चौधरीलाई रिहा गर्न सरकारलाई दबाब दिइरहेको छ ।
बरिष्ठ प्रहरी अधिकृत र एक नाबालकसहित ९ सुरक्षाकर्मीको ज्यान जाने गरी भएको झडपमा उनी आरोपित छन् । प्रहरीले उनलाई कडा सुरक्षाका बीच राजधानीको बीर अस्पतालमा उपचार गराइरहेको छ । उनलाई रिहा गर्न राजपाले प्रधानमन्त्रीलाई दबाब दिइरहेको छ । स्रोतका अनुसार, कुनैपनि हालतमा उनलाई रिहा गर्ने पक्षमा प्रधानमन्त्री ओली छैनन ।
