आज ४ बजे मन्त्रीपरिषद् विस्तार हुन्छ : मन्त्री पण्डित
काठमाडौँ । आज संभवत मन्त्रीपरिषद्को विस्तार हुने छ । वातावरण मन्त्री लाल बाबु पण्डितले प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीपरिषद्को विस्तार गर्न सक्ने बताएका छन् ।
मन्त्रीपरिषद्लाई आजै पूर्णता दिने गरी प्रधानमन्त्री गृहकार्यमा लागेको मन्त्री पण्डितले बताए । उनका अनुसार, आज ४ बजे मन्त्रीपरिषद् विस्तार गर्न प्रधानमन्त्री लागेका छन् ।
