समाचार
४ जनाको समर्थनमा राष्ट्रपति भण्डारीद्वारा उम्मेदवारी दर्ता
काठमाडौँ, २३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनुुभएको छ । यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि उहाँले आज उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो । उहाँका प्रस्तावकमा सांसद माधवकुमार नेपाल, भीमबहादुर रावल, सुवास नेम्वाङ, ईश्वर पोखरेल र ओनसरी घर्ती तथा समर्थकमा सांसद...
राष्ट्रपति भण्डारीको विरुद्धमा काँग्रेस नेत्री राईको उम्मेदवारी
काठमाडौँ, २३ फागुन । नेपाली काँग्रेसकी नेत्री लक्ष्मी राईले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनुुभएको छ । यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि भोजपुरका शहीद दिवानसिंह राईकी सुपुत्री लक्ष्मी राईले आज उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो । उहाँका प्रस्तावकमा सांसद चित्रलेखा यादव, मानबहादुर विक, पार्वता डिसी...
बहिरा विद्यार्थीलाई ‘बुट्टेनली’ तालिम
बागलुङ, २३ फागुन । बहिरा विद्यार्थीलाई सीपयुक्त बनाउन यहाँ ‘बुट्टेनली हस्तकला तालीम’ शुरु भएको छ । उद्योग वाणिज्य संघ बागलुङले सञ्चालन गरेको तालीममा धौलागिरि आवासीय बहिरा माविका २१ विद्यार्थी सहभागी छन् । बागलुङको पहिचानका रुपमा चिनिने बुट्टेनली बनाउने सीप विकासका लागि तालीम सञ्चालन गरिएको संघका अध्यक्ष जयराम भारीले बताउनुभयो...
सबै प्रदेशमा पत्रकार महासंघको चुनाब बैशाखमा गरिने
जनकपुरधाम, २३ फागुन । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको यहाँ सम्पन्न तेस्रो पूर्ण बैठकले आगामी वैशाख २२ गते सबै प्रदेशमा महासंघको निर्वाचन गराउने निर्णय गरेको छ । बैठकले अठारबुँदे जनकपुरधाम घोषणापत्र जारी गर्दै सदस्यता शुद्धीकरणको अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने र पत्रकारको पेशागत सुरक्षा, सम्पादकीय स्वतन्त्रता र पत्रकार आचारसंहिताको...
मकवानपुरको उत्तरी भेगमा पढ्नका लागि लालीगुराँस बेच्दै स्कुले बालबालिका
मकवानपुर, २३ फागुन । मकवानपुरको कुलेखानीस्थित सुगौराकी सोनी तामाङ फाखेलको कालिका सेकेन्डरी स्कुलमा कक्षा २ मा पढ्छिन् । गाउँमा तीन कक्षा पढेर उनी फाखेलमा दुईमा भर्ना भएकी हुन् । काठमाडौं–हेटौंडा सडकखण्डअन्तर्गत कुलेखानी नजिकै सडक छेउमा उनको एक डोका लालीगुराँस छ । हातमा लालीगुराँस बोकेर ओहोरदोहोर भएका गाडीतिर दौडँदै थिइन्...
डिग्नीटी एजुकेसनले हेटौंडामा जापनिज भाषाको निशुल्क शेमिनार प्रदान गर्ने
मकवानपुर २२ फागुन । डिग्निटी एजुकेसन सेन्टर र जापानका विभिन्न जापानी स्कूल, कलेज र विश्वविद्यालयको संयुक्त आयोजनामा मकवानपुरको हेटौँडामा १ दिने निशुल्क सेमिनार हुने भएको छ । जापानिज भाष तथा जापान जानको लागि आवश्यक परार्मश जापनिज मार्फत नै दिने आयोजक स्रोतले बताएको छ । आयोजकको अनुसार चैत्र ८ गते...
ओमनमा समस्यामा परेका ११ नेपाली कामदार स्वदेश फिर्ता
काठमाडौँ, २२ फागुन . वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका ११ जना नेपालीलाई ओमनस्थित नेपाली राजदूतावासले समन्वय गरी स्वदेश पठाएको छ । दूतावासले आज जारी गरेको विज्ञप्तिमा करार सम्झौता बमोजिमको सुविधा नपाएको कारणबाट दुःख पाएका ११ जना पीडित कामदारको मागबमोजिम नेपाली राजदूतावासको समन्वयमा स्थानीय कानुनी औपचारिकता पूरा गरी स्वदेश फिर्ता...
सुचिकारको हत्यामा संलग्न दश पक्राउ
काठमाडौँ, २२ फागुन । महानगरीय प्रहरी वृत्त बालाजुले कुमार सुचिकारको हत्यामा संलग्न १० जनालाई पक्राउ गरेको छ । वृत्तले नुवाकोट घर भई कामपा–१६ बस्ने सुचिकारको हत्यामा संलग्न तारकेश्वरका सुजन महर्जन, निर्मल महर्जन, दिनेश नगरकोटी, विशाल पुतुवार, समिर महर्जन, विक्की पुतुवार, रोजीना मगर, नुवाकोट घर भई शेषमती बस्ने आइतसिंह तामाङ...
काँग्रेस बैठक बुधबार
काठमाडौँ, २२ फागुन । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि बुधबार बिहान बस्ने भएको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक बुधबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिनुभयो । बैठकमा मुलुकको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने मुख्यसचिव पौडेलले बताउनुभयो...
डा केसीलाई तीनदिनभित्र अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश
काठमाडौँ, २२ फागुन । सर्वोच्च अदालतले वरिष्ठ चिकित्सक डा गोविन्द केसीलाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा तीनदिनभित्र अदालतमा उपस्थित हुन आदेश गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले आज अवहेलना मुद्दामा डा केसीलाई अदालत उपस्थित हुन आदेश जारी गरेको हो । डा केसीले प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको विषयमा...










