मेयर कपका उप–विजेतालाई हेटौँडामा नगदसहित सम्मान
मकवानपुर, २ चैत । मकवानपुरको हेटौडामा गत फागुन २९ गते सकिएको मेयर कपको उपविजेता टिमलाई आज हेटौँडामा नगदसहित सम्मान गरिएको छ प्रतियोगितामा वडा नम्बर १० सँग पराजित हुँदै उपविजेता बनेको वडा नम्बर ९ को कुष्माण्ड टिमका खेलाडीलाई वडा नम्बर ९ कार्यालयले नगद पुरस्कार र प्रशंसा पत्र सहित ट्रयाक वितरण गरेर सम्मान गरेको हो ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पुरस्कार तथा ट्रयाक खेलाडीलाई वितरण गरेका थिए । उपविजेता हुँदा प्राप्त नगद ७५ हजार मा २७ हजार थप गरि २० खेलाडीलाई ५ हजार एक सयको दरले वितरण गरिएको हो । वडाले पुर्व खेलाडीहरुलाई पनि प्रशंसा पत्रले सम्मान गरेको छ । कार्यक्रम वडा अध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षतामा भएको हो ।
