समाचार
मेयर कपमा वडा नम्बर १० क्वाटर फाईनलमा प्रवेश, हुप्रलाई हराउँदै वनस्खण्डी अघिल्लो चरणमा
मकवानपुर, २३ फागुन । मकवानपुरको हेटौँडामा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगितामा १० नम्बर वडाको भूटनदेवी फुटबल टिम क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा ३ नम्बर वडाको बसा महादेव टिमलाई ३–० गोल अन्तरले हराउँदै भुटनदेवी क्वार्टरफाइनल प्रवेश गरेको हो । भूटनदेवीको लागि २२ औं मिनेटमा सुशान्त लामाको...
सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश खारेज : खतिवडा, पौड्याल र विडारीले सपथ लिने
काठमाडौँ । सरकारले मनोनित गरेका तीन जना साँसदहरुले अब आफ्नो पद तथा गोपनियताको सपथ खान पाउने भएका छन् । यसअघि सर्वोच्चको अन्तरिम आदेशले हालका अर्थमन्त्रीसमेत रहेका युवराज खतिवडा, अधिवक्ता रामनारायण विडारी र बिमला पौड्यालले राष्ट्रियसभाको सदस्य पदको सपथ लिन पाएका थिएनन् । सर्वोच्च अदालतका न्यायाधीश प्रकाश राउतको एकल इजलासलाई...
प्रधानमन्त्री केपी ओली विरुद्ध न्यौपानेको रिट
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनी प्रकृया विपरित प्रधानमन्त्रीको सपथ लिएको भन्दै सर्वोच्च अतालतमा रिट परेको छ । अधिवक्ता यज्ञमणि शर्माले प्रधानमन्त्री बन्न संसदको रुपमा सपथ लिनुपर्ने व्यवस्था भएपनि विधि र प्रकृया मिचेर प्रधानमन्त्री भएको भन्दै सो रिट दायर भएको हो । प्रधानमन्त्रीका रुपमा ओलीले यही फागुन ३...
जिप्रका मकवानपुरको हिरासत तोडेर फरार भएका पाण्डे ६ वर्षपछि पक्राउ
मकवानपुर, २३ फागुन । जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासत तोडेर फरार भएका एक आरोपीलाई प्रहरीले पूनः पक्राउ गरेको छ । प्रहरीले काठमाडाँै जिल्लाको साविक गोंगबु गाविस वडा नम्बर ६ हाल टोखा नगरपालिका वडा नम्बर ९ गोंगबु गणेशथान बस्ने २७ वर्षीय मिलन पाण्डेलाई पक्राउ गरेको हो । पाण्डेलाई वि.सं. २०६८...
चार शिवालय पुनःनिर्माणको ‘ड्रइङ डिजाइन’ बाटैबाट गायब
–पूर्णप्रसाद मिश्र काठमाडौँ, २३ फागुन । बाग्मती नदीको तीरमा चार शिवालय लहरै उभिएका छन् । एउटा शिवालय ढल्किएर लड्न लागेको छ । अर्को मन्दिर चिरा चिरा परेको छ । मन्दिरको ढोकामाथिबाट पातीको बोट उम्रिएको छ । यो विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित गौरीघाटको चार शिवालयको अवस्था हो ।...
सर्वाधिक खोजीको सूचीमा रहेका डिमे जेल चलान
नुवाकोट, २३ फागुन । ठूलो संख्यामा वन्यजन्तुको अङ्ग तस्करीमा संलग्न रहेको अभियोगमा अदालतबाट दोषी ठहरिएका लोडु डिमे कारागार चलान भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरी जिल्ला वन कार्यालय नुवाकोटलाई बुझाएलगत्तै फैसला कार्यान्वयनका लागि डिमे आज कारागार चलान भएका हुन् । काठमाडाँै बौद्धका ४० वर्षीय...
५ वर्षदेखि बन्द भएको राईगाउँको सिचाईँ कुलो सरसफाई सुरु
राईगाउँ, २३ फागुन । मकवानपुरको राईगाउँमा रहेको सिँचाई आयोजनाको कुलो आजबाट सरसफाई गर्न सुरु गरिएको छ । ५ वर्षदेखि बाढी र पहिरोले रोकेपछि बन्द भएको कुलो ५ वर्षपछि आजबाट सरसफाई गर्न सुरु गरिएको हो । मकवानपुरकै पुर्वी भेगको सबैभन्दा ठूलो आयोजनामा पर्ने राईगाउँ सिंचाइ योजनाको कुलोलाई ‘यु.एस.ए.आइ.डी.’ को आर्थिक...
राष्ट्रपति पदमा भण्डारी र राईको घम्साघम्सी, यस्तो देखियो उम्मेदवारी दर्तामा
– भीष्मराज ओझा काठमाडौँ, २३ फागुन । मुलुकमा संघीय संसद्को गठनपछि राष्ट्रपति पदका लागि हुन लागेको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली काँग्रेसकी नेत्री कुमारीलक्ष्मी राईको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन गर्ने मिति यही फागुन २९ गते तोकिसकेको छ । निर्वाचनका लागि निर्धारित कार्यतालिका अनुसार...
भूकम्पपीडितको बिचल्ली, दोस्रो किस्ता पाउन झन्झट
फलेवास, पर्वत, २३ फागुन । बिहादी–३ रानीपानीका ज्ञानप्रसाद पराजुलीको तीन तले कच्ची घर २०७२ को भूकम्पले छियाछिया पारेको छ । त्यही घरको अगाडि बाँसका खपेटाले बारेर जस्ताले छाएको टहरोमा ज्ञानप्रसादको परिवार बस्न थालेको तीन वर्ष पुग्दैछ । भूकम्पलगत्तै उहाँले पूर्ण क्षतिको कार्ड र रु ३० हजार राहत पाउनुभयो ।...
नगरका भित्री भागमा आगलागी जोखिम
ललितपुर, २३ फागुन । महानगरपालिकाका भित्री भागका धेरै टोल आगलागीको जोखिममा छन् । नगरका भित्री भागमा दमकल जान सक्ने बाटो छैन । चैत–वैशाखमा आगलागीका घटना बढी हुने गरेको छ । गाडी जाने ठाउँसम्म दकमल लगेर त्यहाँबाट उता पाइप तानी लानुपर्ने नगर प्रहरी प्रमुख कदमलाल महर्जनले बताउनुभयो । उहाँ भन्नुहुन्छ,...










