समाचार
भोलिको बन्द हल्ला मात्रै
मकवानपुर २४ फागुन । भोलि फागुन २५ गते र फागुन २६ गते नेपाल बन्द छ भन्ने हल्ला हल्लामै सिमित भएको छ । नेपाल कम्यूनिष्ट पार्टी मकवानपुरका इन्चार्ज विरबहादुर घलान ज्वालाले भोलिको बन्द हल्ला मात्र रहेको जानकारी दिएका छन् । उनले सामाजिक संजाल मार्फत भोलि नेपाल बन्द नहुने आधिकारीक जानकारी...
तिलोत्तमा गोल्डकप शुरु
बुटवल, २४ फागुन । रुपन्देहीमा आजदेखि शुरु भएको सबैभन्दा पुरानो फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकप बुटवलको २० औँ संस्करणअन्तर्गत आज भएको उद्घाटन खेलमा आयोजक रुपन्देही ११ ले विजयी शुरुआत गरेको छ । देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको खेलमा आयोजक रुपन्देही ११ ले सुदूरपश्चिम ११ लाई २–० गोल अन्तरले...
पुरुषलाई पच्चीस प्रतिशत आरक्षण दिएर महिला दिवस
काठमाडौँ, २४ फागुन । एकसय आठौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज नेपाल ट्रेड युनियन महासंघ जिफन्ट ले २५ प्रतिशत पुरुषको अनिवार्य प्रतिनिधित्व गराएर सातौँ श्रमिक राष्ट्रिय महिला सम्मेलनको आयोजना गरेको छ । राज्यका हरेक निकायमा ३३ प्रतिशत अनिवार्य महिला आरक्षणको व्यवस्था भए पनि महासंघले आफ्नो महिला केन्द्रित कार्यक्रममा...
सोलुखुम्बुको सोलु अस्पतालमा यसकारण भयो उपचाररत सुत्केरीको मृत्यु
सल्लेरी, सोलुखुम्बु, २४ फागुन । सुत्केरीलाई बचाउने सोलु अस्पताल फाप्लुका चिकित्सकको प्रयास असफल भएको छ । बुधबार सुत्केरी व्यथा लगेर अस्पताल भर्ना भएकी थुलुङ दूधकोशी गाउँपालिका–८ देउसाकी १८ वर्षीया अनिषा राईलाई बचाउन सकिएन । सामान्य तरीकाले शिशु जन्माएकी राईको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको जिल्ला अस्पताल फाप्लुका मेडिकल अधिकृत...
बलात्कारीलाई कारबाही गर्न सरकारले यस्तो योजना ल्याउँदै
काठमाडौँ, २४ फागुन । सरकारले महिला हिंसा न्यूनीकरणका लागि छिट्टै नयाँ कार्यक्रम सार्वजनिक गर्ने भएको छ । रिपोर्टर्स क्लबले १०८औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा आज आयोजना गरेको साक्षात्कारमा श्रम, रोजगारी, महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री थममाया थापाले बलात्कारीलाई कडा कारबाही गर्ने गरी कार्यक्रम ल्याउन लागिएको जानकारी दिँदै भन्नुभयो,...
प्रमुख पदमा महिलाको सङ्ख्या निर्धारण गरिनुपर्नेमा जोड
पोखरा, २४ फागुन । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा प्रेस क्लब पोखराद्वारा आज यहाँ आयोजित ‘प्रदेशसभामा नारीको भूमिका’ विषयको अन्तरक्रियामा वक्ताले महिलाका प्राप्त अधिकारलाई व्यवहारमा कार्यान्वयन गराउन लाग्नुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा प्रदेश नं ४ का उपसभामुख सिर्जना शर्माले विगतमा राजनीतिक क्षेत्रका साथै समाजका अन्य विभिन्न क्षेत्रमा महिला र...
झापा गोल्डकपको सेमीफाइनलमा आर्मी
सुरुङ्गा, झापा, २४ फागुन । यहाँ जारी तेस्रो रमपम झापा गोल्डकपअन्तर्गत आज सम्पन्न खेलमा गत वर्षको उपाधि विजेता विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी बन्दै सेमीफाइनलमा प्रवेश गरेको छ । विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० को गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो । आज...
भैरवी मन्दिरका पुजारीको पोशाकनै परिवर्तन गरीयो
त्रिशूली २४ फागुन । जिल्लाको प्रमुख धार्मिकस्थल भैरवी मन्दिरका पुजारीधामीको पोशाक आज विधिपूर्वक परिवर्तन गरिएको छ । परम्परागत रुपमा धार्मिक कार्यमा पहिरिने विशेष खालको पोशाक हरेक १२ वर्षमा परिवर्तन गरिने प्रचलन छ । नुवाकोटे धामी खलकका बाह्रौँ पुस्ता अठहत्तर वर्षीय हरिमानसिंह डंगोलको यस पटकसँगै १२ वर्षे पोशाक छैटौंँ पटक...
सिरिया अत्याचारमाथि कविता
काठमाडौँ, २४ फागुन । स्वतन्त्रता, समानतालगायत महिलाको मानवाधिकारका पक्षमा र महिलामाथि हुने भेदभाव र अत्याचारविरुद्ध आज यहाँ कविता, मुक्तक, गीत र गजल वाचन गरी ६५औँ शान्ति काव्य प्रवाह सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा मानवाधिकार तथा शान्ति समाजद्वारा आज आयोजित कार्यक्रममा सिरियामा महिला र बालबालिकामाथि भइरहेको अत्याचार...
कर्णाली महिलामैत्री बनाउँछु : ज्वाला
सुर्खेत, २४ फागुन । कर्णाली प्रदेशका का मुख्यमन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशलाई महिलामैत्री बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको राससले जनाएको छ । वीरेन्द्रनगरमा आज आयोजित १०८ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रममा उहाँले अहिले मुलुकमा महिलाको ३३ प्रतिशत सहभागिता भएको र अब ५१ प्रतिशतभन्दा बढी सहभागिता दिइने बताउनुभयो । सामाजिक...







