जन्मदिनमा भान्जाहरुसँग एक छाक खाना
मकवानपुर, ५ चैत । सडक बालबालिकाको व्यवस्थापन गर्दै आईरहेको मामाघर नेपाल मकवानपुरमा हेटौडा–५ पिप्ले निवासी सबिना न्यौपानेले आफ्नो जन्मदिन मनाएकी छिन् ।
उनले जन्मदिनको अवसरमा मामाघरमा संरक्षित भाञ्जाहरुलाई एक पटकको खाना सहयोग स्वरुप उपलब्ध गराउनुका साथै सामुहिक रुपमा केक समेत काटेर खुशी साटासाट गरेर आफ्नो जन्म दिन मनाएकी हुन्।
सडक बालबालिकाको उद्धार र पुर्नस्थापनामा संलग्न मामा घर नेपाल एक परोपकारी समाजिक संस्था हो । यसले बालबालिकाहरुको उद्धार र संरक्षणको काम गर्दै आइरहेको छ । पछिल्लो समय मानिसहरुले आफ्नो जन्म दिन, विवाह उत्सव तथा अन्य पर्वहरु मामा घरमा मनाउँदै आएका छन् ।
