गाई काटेको अभियोगमा निर्दोष रहेको भन्दै सहयोगको अपिल
मकवानपुर, ५ चैत । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरी रमन्टारमा मरेको गाई काटेर खाएको विषयमा केही संचार माध्यमममा आएको समाचार प्रति असन्तुष्ट रहेको भन्दै अभियोगमा पक्राउ परेका व्यक्तिका आफन्तहरुले प्रेस विज्ञप्ति जारी गरेका छन् ।
उनीहरुले समाचार आँशिक सत्य भए पनि पूर्ण रुपमा सत्य नभएको जानकारी गराएका छन् । आज प्रेस विज्ञप्ति जारी गर्दै अभियोग लागेका कान्छीमाया ब्लोनका छोरा सिंगलाल ब्लोन र मंगलबहादुर ब्लोनका छोरा तथा कल्पना ब्लोनका भतिज मरिच ब्लोनले घटनाको सत्यता दर्शाउँदै विज्ञप्ति जारी गरेका हुन् । उक्त घटनामा गाई काटेको नभई मरेको बताउँदै उनीहरुले उक्त मरेको गाई काटिरहेको अवस्थामा प्रहरी टोली आएपछि डरका कारण अभियोग लागेकाहरु भागेको उनीहरुले बताएका छन् ।

प्रेस विज्ञप्ति जारी गर्नेहरु
मरेको गाईको डाक्टरी रिपोर्टमा घाँटी रेटी हत्या भएको भन्ने रिपोर्ट कुन आधारमा आयो भन्ने बारेमा आफुहरु अनभिज्ञ रहेको उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् । सो घटनामा हामी पिडीतहरुले घटना मिलाउन लागि कोही कसैलाई नलगाएको र समाचारमा आएको जस्तो नभएको पनि उनीहरुले विज्ञप्तिमा दाबी गरेका छन् ।
आफुहरुलाई कसैले डर, धम्की दिएर पैसा नमागेको पनि उनीहरुले स्पष्ट पारेका छन् । सो घटनाका निर्दोषीहरुलाई दोषी बनाउने खेलमा को लागिरहेको छ भन्ने कुरा थाहा नभएको भन्दै उनीहरुले आफ्ना आफन्तहरु निर्दोष भएकोले सबैको अविलम्ब रिहा गर्न माग गर्दै सबै संचारमाध्यमलाई सहयोग गरिदिनका लागि पनि आग्रह गरेका छन् ।

जारी गरिएको प्रेश विज्ञप्ति
