समाचार
मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ
बर्दिवास, २६ फागुन । इलाका प्रहरी कार्यालय बर्दिवासले चोरीका मोटरसाइकलसहित पक्राउ परेका चार जनालाई आज सार्वजनिक गरेको छ । मोटरसाइकल चोरीमा संलग्न सर्लाहीको हरिऔन–२ का २० वर्षीय नागेन्द्र महतो, हरिऔन–३ का १८ वर्षीय रमेश कुशवाहा, २० वर्षीय सरोजकुमार महतो र १८ वर्षीय सञ्जय महतोलाई प्रहरीले सार्वजनिक गरेको हो ।...
तेह्रथुमको आठराईमा श्रीमानले गरे श्रीमतीको हत्या
आठराई, तेह्रथुम, २६ फागुन । तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा निर्माणाधीन मध्यपहाडी लोकमार्गमा शुक्रबार राति श्रीमान्द्वारा श्रीमतीको हत्या भएको छ । बर्दिया बासगडी नगरपालिका–५ असनेरी घर भई मध्यपहाडी लोकमार्गकोे आठराई खण्डमा मजदूरीका लागि आएका ४० वर्षीय गोविन्द ओलीले ३० वर्षीया श्रीमती चन्द्रकला ओलीको हत्या गरेको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी...
तामाङ संचार समुह मकवानपुरमा चन्द्र घलानको नेतृत्व
मकवानपुर २६ फागुन । तामाङ सञ्चार समुह मकवानपुरको दोस्रो अधिवेशनले समुहको अध्यक्षमा चन्द्र घलानलाई निर्विरोध चयन गरेको छ । आज शनिवार मकवानपुरको हेटौंडामा भएको अधिवेशनले घलान लगाएत ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिमा उपाध्यक्ष जनक लामा ,सचिव दिलबहादुर तामाङ, सहसचिव राममाया वाईवा, कोषाध्यक्ष सुनु थिङ्, सर्वसम्मत चयन...
औधोगिक मजदुरले चलाउने भए सुदृढ अभियान
मकवानपुर २६ फागुन । अखिल नेपाल औधोगिक मजदुर संघ जिल्ला कमिटीले मजदुरको हक हितका लागि औधोगिक मजदुर सुदृढ अभियान चलाउने भएको छ । संगठनका अध्यक्ष हेम न्यौपानेको नेतृत्वमा मजदुर संगठन सुधृढ अभियान संचालन हुने छ । नेकपा माओवादी केन्द्र मकवानपुरका जिल्ला सदस्य तथा संचार विभाग प्रमुख कमान सिँ पाख्रिनको...
तामाङ संचार समुह मकवानपुरको दास्रो अधिवेशन हुदैं
मकवानपुर २६ फागुन । तामाङ संचार समुह मकवानपुरको दास्रो अधिवेशन आज मकवानपुरको हेटौंडामा हुदैंछ । ३ नम्वर प्रदेशका उपसभामुख राधिका तामाङको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । मकवानपुरमा क्रियाशिल तामाङ संचारकर्मीहरुको संगठन तामाङ संचार समुह मकवानपुरले आज नयाँ कार्यसमिति समेत चयन गर्ने भएको छ । समुहकी अध्यक्ष दुदुमाया स्याङ्तानको...
वडा सदस्यले काम गर्न दिएनन्–अध्यक्ष, सामान्य छलफल मात्र भएको हो–सदस्य
मनहरी, २५ फागुन । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–३ का निर्वाचित वडा सदस्यले विकास निर्माणको काममा दबाब दिएर निर्माण उपभोक्ता समितिका अध्यक्षलाई मुख छाडेको आरोप लागेको छ । वडा सदस्यको असहयोग भएपछि काम प्रभावित भएको बताइएको छ । मनहरी गाउँपालिकाको ५ लाख रुपैँया बजेटमा लामिटार बाटो स्तरीकरण एवम् ग्राबेलिङ...
बाराको कोल्हवीमा आजदेखि ३ दिने माछा महोत्सव शुरु
अनिल प्रित कोल्हवी,बारा, २५ फागुन । माछा व्यवसायी संघ बाराको आयोजनामा आजदेखि ३ दिने माछा महोत्सव बाराको कोल्हवीमा शुरु भएको छ । महोत्सवको आज एक कार्यक्रमकाबिच कोल्हवी नगरपालिकाका नगर प्रमुख भरतबहादुर भण्डारीले उद्घाटन गर्नुभयो । महोत्सवको उद्घाटन गर्दे भण्डारीले कोल्हवीलाई समृद्ध नगरपालिका बनाउने प्रतिवद्धता समेत जनाउनुभयो । ‘यहाँ गर्नुपर्ने...
जिल्ला अदालतमा कर्मचारी नभएपछि मुद्दा फछ्र्यौटमा समस्या
गौशाला, २५ फागुन । महोत्तरी जिल्ला अदालतमा आवश्यक कर्मचारी अभावका कारण मुद्दा फछ्र्यौटमा समस्या भएको छ । जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलकाअनुसार अदालतमा दरबन्दी अनुसारको न्यायाधीश र कर्मचारी नहुँदा मुद्दा फैसला प्रभावित भएको हो । सर्वोच्च अदालतले न्यायालयलाई चुस्त दुरुस्त बनाउँदै सेवाग्राहीलाई छिटो सेवा प्रदान गर्ने योजना अघि सारे पनि...
विप्लवद्वारा मेयरपछि गाउँपालिका अध्यक्षको राजिनामा माग
मकवानपुर, २५ फागुन । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलाई केही समय अघि राजिनामा मागेपछि एकाएक सल्बलाएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज एक गाउँपालिका अध्यक्षलाई राजिनामा माग गरेका छन् । कम्युनिष्ट पार्टीले बकैया गाँउपलिकाको अध्यक्ष दामोदर खनालको राजिनामा माग गरेका हुन् । शुक्रबार अध्यक्ष खनाललाई कार्यालयमा भेटी जनताको...
एकै समय दुईतिर काम गर्ने डाक्टरलाई यस्तो कारवाही हुन्छ
काठमाण्डौं२५ फागुन । मन्त्रिपरिषद्का एकजना वरिष्ठ सदस्यले एउटै समयमा निजी क्षेत्र र सरकारी अस्पतालमा काम गर्ने चिकित्सकलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिनुभएको छ । भ्रूणको लिंग पहिचान गरी गर्भपतनको अपराधलाई बढवा दिने चिकित्सा सेवाका विकृति अन्त्य गर्न आपूmले चाँडै नै मन्त्रिणपरिषद्मा एक प्रस्ताव प्रस्तुत गर्ने घोषणा पनि उहाँले गर्नुभएको...









