समाचार
विद्यालयमा उग्र विवाद : एउटै विद्यालयमा दुई प्रधानाध्यापक
फलेवास, पर्वत, २७ फागुन । शिक्षा नियमावलीअनुसार एउटा विद्यालयमा एकजना मात्र प्रधानाध्यापक रहनुपर्ने व्यवस्था भए पनि जिल्लाको एउटा विद्यालयमा भने एक वर्षदेखि दुईजना प्रधानाध्यापक रहँदै आएका छन् । कुश्मा नगरपालिका– ११ स्थित वीरेन्द्र माविमा सरकारी निकाय र विद्यालय व्यवस्थापन समितिले बनाएका दुईजना छुट्टाछुट्टै प्रधानाध्यापक रहँदै आएका छन् । एक...
बोक्सीको आरोपमा घण्टौँ कुटपिट गर्नेलाई कारवाही गर्न निर्देशन
काठमाडौँ, २७ फागुन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–५ मा २० वर्षीया राधा चौधरीमाथि बोक्सीको आरोप लगाई भएको कुटपिट र अभियुक्तलाई प्रहरीबाट छुटाइएको विषयमा तत्काल यथार्थ छानबिन गरी दोषीमाथि कारवाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । घटना भएको जानकारी आउनासाथ प्रधानमन्त्री कार्यालयले तत्काल कारवाहीको...
पदम मिलनको ११ औँ साधारण सभा सम्पन्न, पत्रकारसहित उत्कृष्ट समूहलाई सम्मान
मकवानपुर, २७ फागुन । पदम मिलन उपभोक्ता समितिको ११ औँ साधारणसभा मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदपमोखरीमा सम्पन्न भएको छ । पदमपोखरीको महेन्द्र माविमा भएको साधारणसभामा एक पत्रकार सहित समितिका उत्कृष्ट ३ समूहलाई समेत सम्मान गरिएको छ । कार्यक्रममा तामाङ सञ्चार समूह मकवानपुरका अध्यक्ष तथा तु खबर डटकमका...
भीमफेदीको ग्रामिण क्षेत्रमा विद्युतिकरणको काम तिब्र
मकवानपुर, २६ फागुन । मकवानपुरको भिमफेदी गाउँपालिकाका विकट ग्रामिण क्षेत्रमा विद्युतीकरणको काम तिव्र पारिएको छ । विभिन्न क्षेत्रमा विद्युतीकरण गर्ने क्रममा अहिले भिमफेदी गाउँपालिका वडा नम्बर ८ इपामा विद्युतीकरणको काम धमाधम भइरहेको छ । गाउँपालिकाको तर्फबाट १५ लाख बजेट सहित नेपाल विद्युत् प्राधिकरणको सहयोगमा विद्युतीकरणको काम तिब्र पारिएको वडा...
राप्रपाले प्रमलाई मत दिने, फोरमले आइतबार निर्णय लिने
काठमाडौँ, २६ फागुन ।राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ । पार्टीका प्रवक्ता भुवन पाठकले आज जारी गर्नुभएको विज्ञप्तिमा राष्ट्रियता, प्रजातन्त्रको संवद्र्धन तथा राजनीतिक स्थिरता कायम गर्न प्रधानमन्त्री ओलीलाई आइतबार हुने मतदानमा समर्थन गर्ने भनिएको छ । सुशासन, भ्रष्टाचारमुक्त प्रशासन एवं आर्थिक समृद्धिका लागि...
नेपालद्वारा अफगानिस्तानसामु १९५ रनको लक्ष्य
काठमाडौँ, २६ फागुन । आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई १९५ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९।५ ओभरमा अल आउट हुँदै १९४ रन बनायो । नेपालका लागि कप्तान पारस खड्काले ७५ रनको उत्कृष्ट पारी खेले पनि अन्य व्याट्सम्यानले खेल्न नसक्दा सस्तैमा...
एमाले–माओवादी संसदीय दलको संयुक्त बैठकले पार्टी एकताको कुरा अघि बढाउने
काठमाडौँ, २६ फागुन । पार्टी एकता प्रक्रियामा रहेका वाम गठबन्धन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संसदीय दलको संयुक्त बैठक आइतबार बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संघीय संसद्को प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रमको सन्दर्भमा गठबन्धनका दुवै दलले आफ्नो संसदीय दलको संयुक्त बैठक बोलाएका हुन् ।...
विश्वकप छनोट : नेपालको लगातार तेस्रो हार
काठमाडौँ, २६ फागुन । आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । आज भएको तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १९५ रनको सामान्य लक्ष्य अफगानिस्तानले ३८।४ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो । अफगानिस्तानका लागि नाजिबुल्लाह जादरन ५२ रनमा नटआउट...
रसुवा रेडक्रसको जिल्ला अधिवेशन सम्पन्न
रसुवा, २६ फागुन । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाको आज सम्पन्न जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । नेपाल रेडक्रस केन्द्रीय सदस्य एवं निर्वाचन अधिकारी विष्णु नेपालका अनुसार रसुवा शाखाको २७औँ जिल्ला अधिवेशनले गोसाइँकुण्ड गापा–६ धुञ्चे गाउँ निवासी बाबुलाल तामाङलाई सर्वसम्मतले सभापति पदमा चयन गरेको हो ।...
त्रिभुवन आर्मी क्लब फाइनलमा
सुरुङ्गा, झापा, २६ फागुन । मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आर्मीको जितका लागि नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर नवयुग श्रेष्ठको एकमात्र गोल निर्णायक बनेको थियो । श्रेष्ठले खेल शुरु भएको दुई मिनेटमै गोल गरेका थिए । आजको...









