समाचार
उपसभामुखको निर्वाचन चैत २ गते हुने
काठमाडौँ, २७ फागुन । प्रतिनिधिसभाका उपसभामुखको चयन आगामी चैत २ गते शुक्रबार १३।०० बजे हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकले उपसभामुखको मिति तोकेको हो । सभामुख कृष्णबहादुर महराले उपसभामुख चयनको निर्वाचन प्रक्रिया तत्काल अगाडि बढाउन संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भटृराईलाई निर्देशन दिनुभयो । प्रतिनिधिसभाको अर्को बैठक आगामी...
जनप्रतिनिधि आएपछि बाग्मती गाउँपालिकामा विकासको लहर
मकवापनुर, २७ फागुन । स्थानीय तहको निर्वाचन लगत्तै गाउँको शासन सत्ता स्थानीय जनप्रतिनिधिकै हातमा आएपछि अहिले मकवापनुरका विभिन्न स्थानहरुमा विकासको मुल फुटेको छ । जनताको ईच्छा अनुसार कार्य नगरेमा अर्को पटक जनताले ठिक पार्ने अवस्था देखेकै भएर पनि कतिपय जनप्रतिनिधिहरु खुरुखुरु काम गरिरहेका छन् भने कतिपय योजनाका साथ स्वस्फुर्त...
ओलीलाई २०८ को विश्वास, ६० विपक्षमा
काठमाडौँ । नेपालका ६२ औँ प्रधानमन्त्री केपी ओलीले आज सँसदमा विश्वासको मत लिएका छन् । ओलीको पक्षमा २ सय ८ साँसदले विश्वासको मत जाहेर गरेका छन् भने ६० जना विपक्षमा मत दिएका छन् । उनले आज बसेको प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिएका थिए । गत फागुन ३ मा राष्ट्रपति...
हेटौँडामा नक्कली प्रहरी पक्राउ
मकवानपुर, २७ फागुन । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाबाट एक जना नक्कली प्रहरी पक्राउ परेका छन् । हेटौँडा ३ बस्ने समिर तामाङ भन्ने वर्ष २६ को कुमार सुनारलाई नक्कली प्रहरी बनि ठगी गरेको आरोपमा पक्राउ गरिएको हो । बाराको जितपुर उपमहानगरपालिका वडा नम्बर २२ घर भई हाल हेटौँडा उपमहानगरपालिका वडा नम्बर...
बाेक्सी अाराेपमा कुटपिट प्रकरण : उजुरी नलिने प्रहरीमाथि कारबाही सुरू, मेयर चाैधरीलार्इ किन भएन कारबाही ?
काठमाडौँ । ११ कक्षामा अध्ययन गर्ने किशाेरीलार्इ बाेक्सीकाे अाराेपमा ६ घण्टासम्म् कुटपिट भएकाे घटनालार्इ लिएर प्रधानमन्त्री केपी शर्मा अाेली र गृहमन्त्री रामबहादुर थापा बादलले कडा रवैया अपनाएका छन् । दाेषीलार्इ कडा कारबाही गर्न निर्देशन दिएका प्रधानमन्त्री अाेलीले अाफ्नाे सचिवालयमार्फत घटनाकाे अपडेट बारम्बार लिइरहेकाे जानकारी प्राप्त भएकाे छ । गृहमन्त्री...
मुख्यमन्त्री पौडेलको सचिवालय लथालिङ्ग
मकवानपुर, २७ फागुन । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालय लथालिङ्ग अवस्थामा छ । मकवानपुर सहित ३ नम्बर प्रदेशका अन्य जिल्लाबाट मुख्यमन्त्रीको बारेमा जानकारी र सूचना लिन पत्रकारहरुलाई निक्कै नै सास्ती खेप्नु परिरहेको छ । मुख्यमन्त्रीको सचिवालयमा कति कर्मचारी रहने र के–कति सेवा सुविधा पाउने भन्ने कुरा...
बीस वर्ष पुराना सवारी साधन जफत गरिने
– पूर्णप्रसाद मिश्र काठमाडौँ, २७ फागुन (रासस) : सरकारले आगामी चैत १ गतेदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी हटाउन गरेको निर्णय यातायात व्यवसायीले नमान्ने भएका छन् । यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले “जनताको सेवा रोक” भन्न नसकिने जनाएको छ । रासससँग कुरा गर्दै महासंघका...
कुखुरा चोरेको प्रमाणित भएपछि जनप्रतिनिधिलार्इ गाउँबाट लखेट्ने तयारी
कालिकोट, २६ फागुन । कुखुरा चोरेर मासु खाएको भन्दै कालिकोटमा एक जना जनप्रतिनिधिलाई जनताहरुले लखेट्ने तयारी गरेका छन् । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ९ का वडाध्यक्ष दुर्गबहादुर केसी र वडा सदस्य रामबहादुर केसीलाई कुखुरो चोरीको आरोप लागेको छ । उनीहरूले गत फागुन ६ गते राति स्थानीय अर्जुन...
३ नम्बर प्रदेशको नाम र राजधानीबारे जथाभावी नबोलौँ–उपसभामुख तामाङ
मकवानपुर, २७ फागुन । प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङले प्रदेशको राजधानी र नामबारे कसैले पनि जथाभावी बोल्न नमिल्ने बताएकी छिन् । उनले प्रदेशको नाम र राजधानीका विषयमा गम्भिर भएर सोच्नुपर्ने बताए । ‘ अहिले यतिखेर तपाईको सामु उभिँदा म आफै दुविधामा छु, तर ३ नम्बर प्रदेशको नाम...
चालककै लापरवाहीले ९० प्रतिशत दुर्घटना
काभ्रे, २७ फागुन । काभ्रेपलाञ्चोक जिल्लामा कात्तिकदेखि माघसम्म दुर्घटनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । टिपरको ठक्करबाट मा मृत्यु हुने नौ जना रहेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । नब्बे प्रतिशत दुर्घटना चालकको लापरबाही र एकले अर्कालाई उछिन्दा हुने गरेको जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक शेखरजंग मल्लले बताउनुभयो...










