जिसस मकवानपुरको टोली भिमफेदीको अनुगमनमा
मकवानपुुर, ७ चैत । ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको धनी भिमफेदी गाउँपालिकाको ऐतिहासिक तथा सांस्कृतिक स्थलको अनुगमनका लागि जिल्ला समन्वय समिति मकवानपुरको अनुगमन टोली भिमफेदीमा पुगेका छन् ।
जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलाल तथा उपप्रमुख भगवती पुडासैनी सहितको टोलीले भीमफेदीमा रहेको विभिन्न ऐतिहासिक तथा साँस्कृतिक स्थलहरुको अनुगमन गरेको स्थानीय सुरेन्द्रराज थिकेले जानकारी दिएका छन् ।
जिल्ला समन्वय समितिबाट प्रदान गर्नुपर्ने सल्लाह सुझाव तथा आबश्यक बजेट निर्माण कार्यान्वयमा टेवा पुराउन मकवानपुर जिल्लाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलको पहिचान तथा निरक्षण गर्ने उदेश्यका साथमा जिससको टोली भिमफेदीमा पुगेको बताइएको छ ।
अवलोकनमा जिल्ला समनय समितिका सामाजिक विकास अधिकृत रामकृष्ण थापा, भीमफेदी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष सिताराम थापा लगायतको सहभागिता रहेको थियो ।
