समाचार

अपडेटः यूएस बंगला विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुग्यो

काठमाडौँ, २८ फागुन । यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको छ । काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले यसको बारेमा जानकारी दिएका हुन् । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । एसएसपी पोखरेलका अनुसार ७१ जना यात्रु मध्ये २१ जना घाइतेको...

बंगला विमान दुर्घटना, घाइतेलाई अस्पताल पुर्याइँदै

काठमाडौँ, २८ फागुन (रासस) : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको एक विमानमा आज दिउँसो आगो लाग्दा घाइते भएका यात्रुको उद्धार भइरहेको छ । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार बंगलादेशबाट काठमाडौँ आएको उक्त विमानमा लागेको आगो निभाउन अहिले नेपाली सेना, नेपाल प्रहरी, काठमाडौँ तथा ललितपुर महानगरपालिका र विमानस्थलकै...

बालिका बलात्कारको आरोपमा मकवापनुरका १ जना पक्राउ, सामुहिक बलात्कारको आरोपमा ५ जना पक्राउ

मकवानपुर, २८ फागुन । ८ वर्षीय बालिकालाई ललाई फकाई बलात्कार गरेको अभियोगमा मकवानपुरका एक जना मानिसलाई काठमाडौँमा पक्राउ गरिएको छ । प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–२ का ३५ वर्षीय राजकुमार लामालाई आइतबार प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । काठमाडौं तार्केश्वर नगरपालिका–८ शान्ति टोल बस्ने...

ईन्द्रसरोबरमा महिलालाई हाते ट्रयाक्टर वितरण

मकवानपुर, २८ फागुन । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तर्गत मार्खु र फाखेलका कृषक समूहलाई हाते ट्रयाक्टर बितरण गरिएकोे छ । ईन्द्रसरोबर कृषि सहकारी संस्था र कृषक समूहलाई मार्खुमा ३ र फाखेलमा ४ वटा गरि ७ वटा ट्रयाक्टर वितरण गरिएको हो ।नारी सिप सृजना केन्द्र मकवानपुरले अक्सफाम नेपालसँगको साझेदारीमा सञ्चालित मकवानपुर...

प्रधानन्यायाधीश नेतृत्वको बेन्चनै न्यायाधीशद्वारा बहिस्कार

काठमाडौँ । प्रधानन्यायाधीश गोपाल पराजुलीको अवकास गएको साउन महिनामै भइसकेको भन्दै सर्वोच्चका न्यायाधीश चोलेन्द्र शम्शेर जवराले आजको बेन्च बहिस्कार गरेका छन् । कान्तिपुर दैनिक र डा. गोविन्द केसी विरुद्ध अदालतको मानहानी गरिएको विषयमा परेको निवेदन उपर प्रधानन्यायाधीश पराजुलीले पूर्ण इजलास तोकेका थिए । सो इजलासमा अन्य न्यायाधीशसहित जबरा पनि...

सरकारी कार्यालय दलाली र माफियाको कब्जामा : मुख्यमन्त्री पौडेल

भक्तपुर, २८ फागुन । प्रदेश नंं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारी कार्यालय दलाली र माफियाका कब्जामा रहेको बताउनुभएको छ । हिजो भक्तपुरको चाँगुनारायण नगरपालिकालाई पूर्ण खोपमुक्त नगर घोषणा कार्यक्रममा उहाँले आमनागरिकलाई माफियाले कामै गर्न नसक्ने अवस्थामा पु¥याएको बताउनुभयो । “सरकारी कार्यालयमा संस्थागतरुपमै भ्रष्टाचार भइरहेको छ, पैसा नखुवाइकन काम...

साईकल चढेर च्याउ बेच्ने, कार चढेर घर जाने

– नारायण ढुंगाना रत्ननगर, चितवन, २७ फागुन । चितवनको कालिका नगरपालिका वडा नं ३ पदमपुरका बाबुराम केसीले एउटा झुप्रोबाट च्याउ खेती शुरु गर्नुभएको थियो । विसं २०५६ मा च्याउ खेती शुरु गर्नुभएका केसी अहिले छ कट्ठामा च्याउ लगाउनुहुन्छ । साइकलमा च्याउ डुलाउनुहुन्थ्यो, अहिले गाडीमा हिँड्नुहुन्छ । च्याउ बेचेरै जग्गा...

भूकम्पपीडितलाई आश्वासन मात्रै, बैँकले दिँदैन ऋण

नुवाकोट, २८ फागुन । भूकम्पबाट घरको क्षति बेहोरेका नुवाकोटका पीडितलाई रकम अभावको कारण देखाउँदै यहाँका बैंकले रकम उपलब्ध गराउन मानेका छैनन् । विदुर नगरपालिका–३ देवीघाटमा रहेको लुम्बिनी विकास बैंकले रकम अभावको कारण देखाउँदै लाभग्राहीको खातामा एक महिना अघि जम्मा भएको रकम अझै दिएको छैन । सो बैंकले रकम वितरणको...

२४ वर्षदेखि नेताहरु भाषण दिँदै, विमानस्थल सधैँ बन्द

– किरन धामी दार्चुला, २८ फागुन । गाकुलेश्वर विमानस्थल २४ वर्षदेखि बन्द अवस्थामा छ । हाल यहाँको धावन मार्गमा राजनीतिक दलका सभा सञ्चालन हुने गर्छन् । धावन मार्गमा बनाइएको मञ्चबाट प्रत्येक नेताले विमानस्थल आफ्नै पालामा सञ्चालन गर्ने भाषण दिन्छन्, कार्यकर्ता ताली बजाउँछन् । विसं २०४८ देखि २०७४ सालसम्म दार्चुलाबाट...

समस्यैसमस्याबाट थलिएको दलित बस्तीको मुहार यसरी फेरियो

– राजु विश्वकर्मा लहान, २८ फागुन । केही वर्षअघिसम्म समस्यैसमस्याबाट थलिएको सिरहाको कर्जन्हा नगरपालिका ९ को दलित बस्ती अहिले भने नमूना बनेको छ । गाउँका दलित महिलाहरु संगठित रुप मै आयआर्जनको कार्यमा सक्रिय भएपछि दलित बस्तीको पहिचान नै फेरिएको छ । अरुको कुरा काट्न मै समय बिताउँदै आएका दलित...