एसईई परीक्षामा चिट चोरेमा १ लाख जरिवाना, ६ महिना कैद

तु खबर संवाददाता
२०७४ चैत्र ८, बिहीबार १२:४९
file photo

काठमाडौँ, ८ चैत । यस वर्ष एसईई परिक्षा दिने विद्यार्थीहरुले चिट चोरेमा वा परिक्षा केन्द्रमा खटिएकाले चिट चोराएमा एक लाख रुपैयाँसम्म जरिवाना हुने परीषा नियन्त्रण कार्यालयले जनाएको छ ।

पनिकाले परीक्षामा चिट चोर्ने चोराउने लगायतका अमर्यादित कार्य भएमा एक लाख रुपियाँ जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने जनाएको हो ।

देशभर एकैसाथ आजबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरू भएको छ । एसईईको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा देशैभर सञ्चालन भएकोछ । यसवर्ष एसईई परीक्षा नयाँ पाठ्यक्रमका प्रश्नपत्रका आधारमा सञ्चालित रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ का नयाँ पाठ्यक्रमका आधारमा पहिलो पटक परीक्षा सञ्चालन भइरहेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*