समाचार
माछा पालेरै लाखौँ आम्दानी
बागलुङ, २८ फागुन । बरेङ गाउँपालिका–२ हुग्दीशिरका किसान सन्तबहादुर श्रीसले व्यावसायिक माछापालनबाट सफलता हात पार्नुभएको छ । माछा बेचेर श्रीसले गत वर्ष रु एक लाख आम्दानी गर्नुभयो । विसं २०७० मा सानो पोखरीबाट शुरु गर्नुभएका श्रीसले अहिले डेढ रोपनीमा फैलिएका तीनवटा पोखरीमा माछापालन गर्दै आउनुभएको छ । “पाँच सय...
बजेट निकासा नभएपछि अलपत्र पर्यो नारायणी लिफ्ट
चितवन, २८ फागुन । भरतपुर र पश्चिम चितवनको सिँचाइ गर्ने महत्वपूर्ण आयोजनाका रुपमा रहेको नारायणी लिफ्ट र खगेरी नहरको काम बजेट अभावका कारण सुस्त छ । सरकारले आव २०७१÷७२ मा दुवै आयोजनालाई वृहत् सरकारी सिँचाइ पुनःस्थापना व्यवस्थापन हस्तान्तरण कार्यक्रम अन्तर्गत पुनःनिर्माण गरी समुदायलाई हस्तान्तरण गर्ने तयारी गरेको थियो ।...
समूहले उत्पादन गर्यो ८० क्विन्टल आलुको बीउ
कञ्चनपुर, २८ फागुन । शुक्लाफाँटा नगरपालिका– ३ मा रहेको कोपिला आलु उत्पादन समूहले रु चार लाख बराबरको ८० क्विन्टल आलुको बीउ उत्पादन गरेको छ । कोपिला आलु उत्पादन समूहमा आवद्ध २७ जना सदस्यले सामूहिक रुपमा आलुको पहिलो पुस्ताको गुणस्तरीय बीउ उत्पादन गरेका हुन । कार्डिनल २०, आइपिवाई आठ ३०...
स्थानीय तहलाई सकस, विकास बजेट शिक्षकको तलबमा
बैतडी, २८ फागुन । बैतडीको दशरथचन्द नगरपालिकाले नगरपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई विकास बजेटबाट तलब खुवाएको छ । बैतडीमा शिक्षकलाई तलब खुवाउन स्थानीय तहलाई हम्मेहम्मे परेको छ । शिक्षकका लागि आवश्यक रकम निकासा नभएपछि शिक्षकलाई विकास बजेटबाट तलब खुवाएको दशरथचन्द नगरपालिकाका उप–प्रमुख मीना चन्दले बताउनुभयो । अर्थ मन्त्रालयले...
पीडितलाई उपचार खर्च र क्षतिपूर्तिको व्यवस्था गर्न माग
काठमाडौँ, २७ फागुन । नेपाल बार एसोसिएसन महिला समितिले बलात्कार, यौनजन्य हिंसा र बोक्सीको नाममा भएका घटनाका पीडित महिलालाई तत्काल अन्तरिम राहत तथा स्वास्थ्य उपचार उपलब्ध गराउन र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेको छ । बारको महिला समितिका अध्यक्ष तथा वारका वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले आज जारी गर्नुभएको...
जनप्रतिनिधिलाई जानाजान विवादमा तान्न खोजिएको संकेत
मनहरी, २७ फागुन । मनहरी गाउँपालिका वडा नं ३ का वडा सदस्य बिष्णुबहादुर थिङले आफ्नो वडामा भइरहेको विकास निर्माणको काममा सहजीकरण गरिएको दाबी गरेका छन् । उनले विज्ञप्ती प्रकाशन गरी केही समाचार माध्यमहरुमा आफूले विकास निर्माण कार्यमा हस्तक्षेप गरेको, स्वार्थपूर्तिका लागि लागिपरेको भन्ने समाचार आएकोप्रति भत्र्सना गरेका हुन् ।...
बस्तीपुर जेसीजको स्थापना दिवसको अवसरमा रक्तदान
मकवानपुर २७ फागुन । बस्तीपुर जेसीज हाँडीखोलाको स्थापना दिवसको सन्दर्भमा आइतबार हाँडीखोलामा रक्तदान कार्यक्रम भएको छ । हाँडीखोलास्थित महेन्द्रज्योति उच्च माविको प्राङ्गणमा भएको कार्यक्रममा ३२ जनाले रक्तदान गरेको आयोजकले जानकारी दिएको छ । ५ महिलासहित ३२ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक अनन्तप्रकाश अर्यालले जानकारी दिए । बस्तीपुर जेसीज हाँडीखोलाका...
हेटौंडामा टि यू फरेष्टीकप चैत्र ६ गतेबाट सुरु
मकवानपुर २७ फागुन । त्रिभुवन विश्व विद्यालय वन विज्ञान अध्ययन संस्थान, हेटौंडा व्याज २०७३–७७ को आयोजनामा मकवानपुरको हेटौंडामा टियू फरेष्ट्री कप २०७४ हुने भएको छ । यही फागुन २८ गतेबाट चैत ६ गतेसम्म हुने प्रतियोगितामा १५ वटा टिमको सहभागिता रहने आयोजकले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।...
लोकतन्त्र कुनैपनि हालतमा मासिन्न : प्रधानमन्त्री वली
काठमाडौँ, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकतन्त्र मासिन्छ’ भन्ने चिन्ता आजैदेखि फाल्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत लिनेक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले वर्तमान सरकारले लोकतन्त्रको रक्षा नै गर्ने भएकाले अनावश्यक चिन्ता नलिन आग्रह गर्नुभयो । उहाँले सरकार समृद्धिको यात्रामा अगाडि बढेको...
डोटी जिल्लामा दुर्घटनामा दुईको मृत्यु
धनगढी, २७ फागुन । कैलाली र डोटी जिल्लामा आज भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीनजना घाइते भएका छन् । क्षेत्रीय ट्राफिक कार्यालय अत्तरियाका अनुसार कैलालीको गोदावरी नगरपालिका–१ वसन्तपुरमा से १ त ४१४२ नंको ट्रयाक्टरले साइकललाई ठक्कर दिँदा त्यसमा सवार स्थानीयबासी २० वर्षीया...










