प्रचण्डलाई भेटेपछि श्रेष्ठले प्राण त्यागे
मकवानपुर, ७ चैत । नेकपा माओवादी केन्द्रका जिल्ला कमिटि सदस्य रामकृष्ण श्रेष्ठको निधन भएको छ । कम्यूनिष्ट आन्दोलनमा उल्लेखनीय योगदान पुराएका श्रेष्ठको आज दिउँसो हेटौँडा अस्पतालमा निधन भएको नेकपा माओवादी केन्द्र मकवानपुरका संचार विभाग प्रमुख कमान सिं पाख्रिन पृथकले बताए ।
क्यान्सरबाट पिडीत उनी हेटौँडा अस्पतालमा भर्ना भएर उपचार गराईरहेका थिए । नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता पुष्पकमल दाहाल प्रचण्डले उनलाई हिजो भर्खरै अस्पतालमा भेटेका थिए । प्रचण्डसँगको भेटसँगै उनले जीवनको अन्तिम स्वास त्यागेका छन् । उनको आजै दाहसंस्कार गरिएको छ ।
