समाचार

मेयर कपको फाईनल आज, वडा नम्बर ९ र १० उपाधिका लागि भिड्ने

मकवानपुर, २९ फागुन । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडा–४ स्थित हुप्रचौरमा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगिताको आज फाईनल खेल हुँदैछ । आज फाईनल खेलमा उपाधिका लागि वडा नम्बर ९ को कुष्माण्ड फुटबल टिम र वडा नम्बर १० को भुटनदेवी माता फुटबल टिम भिडन्ेछन् । मकवानपुर जिल्ला खेलकुद विकास समितिको...

सातै प्रदेशका मुख्य मन्त्री र सभामुख बानेश्वरमा

काठमाडौँ, २९ फागुन । मुलुकका सातै प्रदेशका मुख्यमन्त्री, सभामुख, मन्त्री एवं प्रदेशसभा सदस्यहरु आज संघीय संसद् भवन परिसर बानेश्वरमा भेला हुनुभएको छ । संघीय गणतन्त्र नेपालको राष्ट्रपति पदको निर्वाचनमा मतदाताका रुपमा भाग लिन उहाँहरु काठमाडौँ आइपुग्नुभएको हो । सो निर्वाचनमा प्रदेशसभाका ५४९ सदस्य मतदाता छन् । त्यस्तै संघीय संसद्...

ट्रक सडकमा पल्टिएपछि बिपी राजमार्ग अवरुद्ध

सिन्धुली, २९ फागुन । बिपी राजमार्गमा ट्रक पल्टँदा आज बिहानैदेखि राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ । सुनकोशी गाउँपालिका–६ चैनपुरमा खण्डमा इँटा लादिएको ट्रक पल्टिएपछि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो । गए राति नै बा५ख ३३४७ नंको ट्रक पल्टिएको जिल्ला ट्राफिक प्रहरीको कार्यालय सिन्धुलीले जनाएका छ । बिहानैदेखि राजमार्ग...

साजन मुखियाको धारिलो हतियार प्रयोग गरी हत्या

सुरुङ्गा, झापा, २८ फागुन । सुनचाँदी व्यवसायी संघ झापाका सदस्य साजन मुखियाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा शव फेला परेको छ । यही फागुन २० गतेदेखि बेपत्ता मुखियाको शव बोराभित्र कीरा परेर सड्न लागेको अवस्थामा आज इलामको रोङ गाउँपालिका–३ कोल्बुङ ९मेची राजमार्गको लसुने– अर्यालचोक सडकखण्डको जमुने डाँडा०मा...

राष्ट्रियसभाका अध्यक्षमा तिमिल्सिनाको मात्रै उम्मेदवारी

काठमाडौँ, २८ फागुन । राष्ट्रियसभाका अध्यक्षमा नेकपा एमालेका गणेशप्रसाद तिमिल्सिनाको मात्रै उम्मेदवारी परेको छ । संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार राष्ट्रियसभा अध्यक्ष पदको मनोनयका लागि तोकिएको समयावधिभित्र तिमिल्सिनाको मात्रै उम्मेदवारी परेको हो । एमालेका पोलिटब्यूरो सदस्य एवं प्रदेश नं ४ का सहसंयोजकसमेत रहनुभएका तिमिल्सिनाको प्रस्तावकमा एमालेकै...

राष्ट्रपतिको निर्वाचनको तयारी यस्तो (तथ्यांक सहित)

नारायण न्यौपाने काठमाडौँ, २८ फागुन । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भोलि फागुन २९ गते मंगलबार निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि जनशक्ति र मतपत्रको व्यवस्थापन तथा आवश्यक सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । संघीय संसद् भवन नयाँ बानेश्वर...

आफ्नै पार्टीका उम्मेदवारलाई हराउन लागि परेको भन्दै काँग्रेस मनहरीले गर्यो जिल्ला सदस्य मैनालीमाथी कारबाहीको माग

मकवानपुर २८ फागुन । स्थानीय तहको निर्वाचन तथा वन समितिको निर्वाचनमा काँग्रेसको आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै नेपाली काँग्रेस आमन्त्रित जिल्ला सदस्य कमला मैनालीलाई कारबाहीको माग गरिएको छ । काँग्रेस साविक मनहरी गाउँ इकाइ सभापति एवम् मनहरी गाउँपालिका संयोजक नारायण उप्रेतीको अध्यक्षतामा बसेको बैठकले कारबाहीको माग गर्दै काँग्रेस क्षेत्रीय...

द्रुतमार्गको जिम्मा नेपाली सेनालाई दिन ठुलो सकस भयो : प्रचण्ड

रौतहट, २८ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडाँै तराई द्रुतमार्ग निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिन आफूले ठूलो चुनौतीको सामना गरेको बताउनुभएको छ । चन्द्रपुर नगरपालिकामा आज चन्द्रपुर महोत्सव २०७४ को उद्घाटनपछि आयोजित सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले प्रदेश २ को विकासको आधारका रुपमा रहेको...

विमान दुर्घटनापछी राष्ट्रपति भण्डारीले यसो भनिन्

काठमाडौँ, २८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले युएस बंगलादेश विमान दुर्घटनामा परी निधन भएकामा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवाजनप्रति समवेदना प्रकट गर्नुभएको छ । राष्ट्रपतिले दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दवाडीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । बंगलादेशको ढाकाबाट काठमाडौँका लागि उडेको...

अपडेटः यूएस बंगला विमान दुर्घटना, मृत्यू हुनेको संख्या थपिँदै

काठमाडौँ, २८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिउँसो १४.१८ बजे भएको युएस बंगला विमान दुर्घटनामा परेका २५ यात्रुलाई केएमसी अस्पताल पु¥याइएको छ । उपचारका लागि लगिएकामध्ये आठ जनाको निधन भएको चिकित्सकले घोषणा गरेका छन् । अस्पतालले मृत घोषणा गरेका यात्रुमा हरिशंकर पौडेल, रकिबूल हुसेन, पृथुला रसिद र खवाज...