युवाहरुलाई ठगी गर्ने दलाल विभागमै थुनिए

तु खबर संवाददाता
२०७४ चैत्र ८, बिहीबार २०:१४

काठमाडौँ । श्रम मन्त्री गोकर्ण विष्टले खराब नियतका कर्मचारीमाथि हाजिरी रोकेकै दिन सेवाग्राहीले वैदेशिक रोजगार बिभागमै दलाललाई थुनेका छन् । राम्रो तलबसहित कुबेत पठाउने भन्दै नेपाली युवासँग रकम अशुल गर्ने म्यानपावर व्यवसायीलाई सेवाग्राही युवाहरुले सोही कार्यालयमा थुनेका हुन् । बैदेशिक रोजगार विभागको कार्यालय बुद्धनगरमा राम सिंहलाई युवाहरुले थुनेपछि घटना सार्वजनिक भएको हो । उनले ३ सयभन्दा बढी युवालाई कुबेत पठाउने भन्दै रकम ठगी गरेपछि उनी युवाहरुको फन्दामा परेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*