समाचार

एक सय ४५ तोला सुनसहित ६ जना पक्राउ

काठमाडौँ, २९ फागुन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १४५ तोला सुनसहित ६ जनालाई पक्राउ गरेको छ । दुबईबाट ब्यूटी पार्लरमा कपाल सिधा पार्न प्रयोग गर्ने हेयर इलेक्ट्रिक आइरनमा लुकाई छिपाई ल्याएको अवस्थामा ब्यूरोको टोलीले सोमबार बेलुका सिनामंगलबाट उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बाग्लुङका...

कञ्चनपुर भीमदत्तनगरमा अटोरिक्सा पल्टिँदा चालकको मृत्यु

भीमदत्तनगर, २९ फागुन । कञ्चनपुर भीमदत्तनगरमा आज अटोरिक्सा पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१५ का ४७ वर्षीय चालक दीपु खुना रहेको प्रहरीले जनाएको छ । भीमदत्तनगरबाट गड्डाचौकीतर्फ गइरहेको ओन टेष्ट अटोरिक्सा भीमदत्तनगरपालिका–६ बनगाउँ चौराहामा सडकबाट करिब १० मिटर तल खसेर बिजुलीको पोलमा ठोक्किँदा गम्भीर घाइते...

लागुऔषधसहित दुई पक्राउ

इनरुवा, २९ फागुन । धरान उपमहानगरपालिका– ८ बाट लागुऔषधसहित आज दुई जना पक्राउ परेका छन् । पक्राउपर्नेमा स्थानीय २९ वर्षीय कुलदीप शाह र ३४ वर्षीय सुशीला थापा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । भारतीय बजारबाट अवैधरुपमा लागुऔषध लिएर धरानतर्फ जाँदै गरेको अवस्थामा प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई...

बैद्य नेतृत्वको पार्टीको युवा संगठनले गरेको प्रशिक्षण कार्यक्रममा प्रहरी हस्तक्षप

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं १८ गुम्बाडाडाँमा आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को भातृ संगठन क्रान्तिकारी युवा लिगको प्रशिक्षण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । सो कार्यक्रम यही फागुन २८ गते सो पार्टीका महासचिब मोहन बैद्यले उद्घाटन गरेका थिए । प्रशिक्षण कार्यक्रममा प्रहरीले हस्तक्षप गरेको...

लेकाली बसिफाँटको रजत जयन्तीमा कवि सम्मेलन

मकवानपुर, २९ फागुन । मकवानपुरको भीमफेदी गाउँपालिका–९ मा रहेको लेकाली बसिफाँट माध्यमिक विद्यालयले आफ्नो रजत जयन्तीको अवसरमा मंगलबार कवि सम्मेलनको आयोजना गरेको छ । मकवानपुरका प्रतिष्ठित कवि तथा साहित्यकारहरुको सहभागितामा विद्यालयले कवि सम्मेलनको साथै माध्यमिक तहमा साहित्य विषयक कार्यपत्रसमेत प्रस्तुत भएको थियो । कार्यपत्र प्रस्तुत गर्दै मकवानपुर बहुमुखी क्याम्पसका...

ईन्द्र सरोवरका किसानलाई ५ हजार आलुको बिउ

मकवानपुर, २९ फागुन । मकवानपुरको ईन्द्र सरोबर गाउँपालिकामा किसानलाई ५ हजार आलुको बिउ वितरण गरिएको छ । नारी सिप सृजना केन्द्र र अक्सफाम नेपालको साझेदारितामा सञ्चालित मकवानपुर जिविकोपार्जन पुर्नउत्थान परियोजना अन्र्तगत पर्ने ८ साविक गाविसमध्ये ५ साविक गाविसमा आलुको बिउ वितरण गरिएको हो । मकवानपुर जिल्लाका भुकम्प प्रभावित साबिक...

अनुमति नलिई पुल बनाउने भारत नेपालसित झुक्यो

काठमाडौँ । भारतले नेपालको सहमतिबिना निर्माण गरेको काठेपुल हटाएको छ । ओली सरकारको दबाबमा भारतले महाकाली नदीमा निर्माण गरेको ४ वटा काठे पुल हटाएको हो । केही दिन अघि दुबै देशको सुरक्षा अधिकारीको बैठकमा नेपालले आफ्नो अनुमतिबिना पुल निर्माण गरेकोमा आपत्ति जनाएको थियो । नेपालसँग कुनै सहमति नलिर्इ दार्चुलाको...

अत्यधिक मतले विद्यादेवी भण्डारी राष्ट्रपतिमा विजयी

काठमाडौँ, २९ फागुन । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदमा विद्यादेवी भण्डारी अत्यधिक मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँले ३९ हजार २७५ मतभार प्राप्त गर्नुभएको निर्वाचन अधिकृत दीलप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रतिस्पर्धी नेपाली काँग्रेसकी नेत्री कुमारीलक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त गर्नुभएको...

दुर्गम वस्तीमा मोटरबाटो पुगेपछि स्थानीयको आँखामा हर्षका आँशु

—रामचन्द्र न्यौपाने दुनै, डोल्पा, २९ फागुन । डोल्पाको ग्रामीण वस्तीमा मोटरबाटो पुगेपछि स्थानीयवासीले हर्षका आँशु झारेका छन् । समूद्र सतहदेखि झण्डै तीन हजार ५०० मीटर उचाइमा रहेको गाउँ माझफालबाट सदरमुकाम दुनै पुग्न दुई दिनको कठीन पैदलयात्रा गर्नु पर्दाको विगतको दिनलाई सम्झँदा आफ्नो गाउँमा मोटर पुग्ला भन्ने सपनामा पनि नसोचेका...

डेङ्गु सार्ने लामखट्टेका लार्भा र प्यूपा खोज्दै जनस्वास्थ्य कार्यालय

रत्ननगर, चितवन २९ फागुन । चितवनका विभिन्न स्थानीय तहसँगको समन्वयमा जिल्ला जनस्वास्थ्य कार्यालयले डेङ्गु रोग सार्ने लामखुट्टेका लार्भा र प्यूपा खोजेर नष्ट गर्ने अभियान शुरु गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका किट नियन्त्रण निरीक्षक रामकुमार केसीकाअनुसार भरतपुर महानगर, राप्ती नगरपालिका र कालिका नगरपालिकामा लामखुट्टेका लार्भा र प्यूपा ‘खोज र...