प्रदेशसभा बैठक चैत १३ गते बस्ने
मकवानपुर । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक यही चैत १३ गते हेटौंडामा बस्ने भएको छ । लामो समयदेखि स्थगित रहेको प्रदेशसभा बैठक चैत १३ गते बस्ने भएको हो । चैत १२ गते दलसँगको बैठकपछि १३ गतेबाट प्रदेशसभा बैठक सुरु गर्ने ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले बताए । आन्तरिक मामिला तथा कानून मन्त्रालयले केही लिखत प्रमाणिकरण सम्बन्धी व्यवस्था गर्न बनेको विद्येयक २०७४, प्रदेश सरकारको आर्थिक कार्यविधि २०७४, सम्बन्धी विद्येयक बारे आगामी प्रदेशसभा बैठकमा छलफल हुने उनले बताए ।
सभामुख श्रेष्ठका अनुसार, दलहरुबीच छलफल भएपछि बैठकका अन्य कार्यसूचीहरु तय हुनेछन् ।
