समाचार

विश्वचर्चित वैज्ञानिक स्टेफेन हकिङ्गको निधन

विश्वचर्चित वैज्ञानिक स्टेफेन हकिङ्गको निधन भएको छ । उनको ७६ वर्षको उमेरमा निधन भएको हो । ब्ल्याक होल पत्ता लगाएका उनलाई खगोलशास्त्रका चर्चित वैज्ञानिक मानिन्छ । उनलाई अमेरिकाले सबैभन्दा उच्च नागरिक सम्मान दिएको छ । उनको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ किताब चर्चित छ । यो सर्वाधिक बिक्री भएको...

गुणस्तर चिह्न नलिई ४८ ग्यास उद्योग सञ्चालनमा

काठमाडौँ, ३० फागुन (रासस) : नेपालमा सञ्चालनमा रहेका ५५ ग्यास उद्योगमध्ये ४८ ग्यास उद्योगले अहिलेसम्म पनि नेपाल गुणस्तर प्रमाणपत्र चिह्न लिएका छैनन् । सरकारले ग्यास उद्योगलाई अनिवार्य रुपमा नेपाल गुणस्तर प्रमाणपत्र चिह्न लिएर सञ्चालन गर्न आग्रह गरेपनि उक्त कम्पनीले अटेर गरेका हुन् । नेपाल गुणस्तर तथा नापतौल विभागले पुसमा...

अश्लील भिडियो बनाई पैसा ठग्ने पक्राउ

रत्ननगर, चितवन, ३० फागुन (रासस) : महिला तथा किशोरीलाई फेसबुकमा साथी बनाई उसको तस्बीरबाट अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरी पैसा ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा नवलपुर जिल्ला कावासोती स्थायी घर भई चितवनको भरतपुर महानगरपालिका–१२ बस्ने सुविन केसी भन्ने तीर्थ सापकोटा रहेको चितवनका प्रहरी...

छोराको पर्खाइमा १४ सन्तान, जिवित रहेका पनि छोरी मात्र

– कविता उपाध्याय लिबाङ, रोल्पा, ३० फागुन (रासस) : रोल्पा नगरपालिकाकी ६० वर्षीया सुन्तली सुनार १२ सन्तानकी आमा हुनुहुन्छ । १७ वर्षको उमेरमा पहिलो सन्तानकी आमा बनेकी सुनारले करीब दुई–तीन वर्ष प्रेम चलेपछि २१ वर्षीय युवासँग आजभन्दा ४६ वर्ष पहिले प्रेम विवाह गर्नुभएको थियो । सुनारका अनुसार विवाह भएको...

कर्मचारीको माग गर्दै सिंहदरबारमा जनप्रतिनिधि

पूर्णप्रसाद मिश्र काठमाडौँ, २९ फागुन । गाउँगाउँमा सिंहदरबार पुगेको भनिए पनि दुर्गम जिल्ला मुगुका जनप्रतिनिधिले कर्मचारीको माग गर्दै सिंहदरबार धाउन थालेका छन् । जिल्ला सदरमुकामसमेत रहेको छायाँनाथ रारा नगरपालिकामा कर्मचारी नभएको भन्दै निर्वाचित प्रतिनिधिसभा सदस्य, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्षसहितको समूह आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा...

माटोको ढिस्कोमा पुरिएर तीन घाइते, दुईको अवस्था गम्भीर

बैतडी, २९ फागुन । माटोको ढिस्कोले पुरिएर बैतडीमा आज तीन जना मजदुर घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइते हुनेमा दशरथचन्द नगरपालिका– १ श्रीखण्डका ५२ वर्षीय मानप्रसाद भट्ट, ३५ वर्षीय गोविन्दप्रसाद भट्ट र ३५ वर्षीय गणेशदत्त भट्ट रहेका छन् । घाइतेमध्ये मानप्रसाद र...

पूर्वराष्ट्रपति डा यादवद्वारा समवेदना व्यक्त

पर्सा, २९ फागुन । यूएस बंगला विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुको आत्माको शान्तिको कामना गर्दै पूर्वराष्ट्रपति डा रामवरण यादवले समवेदना व्यक्त गर्नुभएको छ । वीरगञ्जमा आज एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति डा यादवले युएस बंगला विमान दुर्घटनामा परी ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकप्रति गहिरो दुःख प्रकट गर्नुभयो...

भेरीमा डुबेर मजदुरको मृत्यु

सुर्खेत २९ फागुन । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाको राकम नजिकै भेरी नदीमा डुबेर एक जना मजदुरको मृत्यु भएको छ । आज बिहानको समयमा सडकको काम गरेर दिउँसो १२ बजे भेरी नदीमा नुहाउन जाँदा उनको डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा सुर्खेत जिल्ला पञ्चपुरी नगरपालिका वडा नं ४ विद्यापुरका...

विद्यादेवी भण्डारी मुलुकको तेस्रो राष्ट्रपति, यस्तो छ राष्ट्रपति निर्वाचनमा मतभारको हिसाब

काठमाडौँ, २९ फागुन । वामगठबन्धनकी साझा उम्मेदवार विद्यादेवी भण्डारी मुलुकको तेस्रो राष्ट्रपतिका रुपमा निर्वाचित हुनुभएको छ । संघीय गणतन्त्र नेपालको राष्ट्राध्यक्षका रुपमा भण्डारीले दोस्रो कार्यकाल शुरु गर्न लाग्नुभएको छ । राष्ट्रपति भण्डारीले कूल ३९ हजार २७५ मतभार प्राप्त गर्नुभएको छ । संघीय संसद्का सदस्यको एक मतको भार ७९ कायम...

पारसद्धारा बाउन्सर’को प्रयोग गरी आफ्नै साथीको हत्या

सुरुङ्गा, झापा, २९ फागुन । विर्तामोडमा रहेको ऋद्धिसिद्धि ज्वेलर्सका सञ्चालक पारसकुमार देवले आफ्नै साथीको हत्या गरेको खुलासा भएको छ । उनले आफ्नै पसलमा राखेका ‘वाउन्सर’को प्रयोग गरेर देवा ज्वेलर्सका सञ्चालक साजन मुखियाको हत्या गरेको खुलासा भएको हो । गत फागुन २० गतेदेखि बेपत्ता बनेका साजनलाई पारसले विर्तामोडस्थित आफ्नै घरमा...