समाचार
प्रदेश नम्बर ३ को मन्त्री परिषद बैठक आज बस्दै, निर्माण गरिएका कानुन संसदमा पेश गरिने
मकवानपुर, १ चैत । प्रदेश नम्बर ३ को मन्त्री परिषद बैठक आज बस्दैछ । सरकारले पूर्णता पाएकै दिन फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठक आज दोस्रो पटक बस्न थालेको हो । बैठकबाट हालसम्म निर्माण गरिएका कानूनको विधेयक संसदमा पेश गर्नका लागि प्रदेशसभा सचिवालयमा दर्ता गर्न सिफारिस गर्ने तयारी गरिएको...
प्रधानमन्त्री र गृहमन्त्री तातेपछि गुन्डा नाइके गणेश लामा परे फन्दामा, पेस्तोल र गाेलीसहित पक्राउ
काठमाडाैं । गुन्डानाइके गणेश लामा पेस्तोलसहित पक्राउ परेका छन् । बा ३ च १७२ नम्बरको गाडीसहित उनी काठमाडौंको गौशालाबाट पक्राउ परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता मोहन थापाले जानकारी दिए । गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेको केहीबेरमै पुगेकाे प्रहरी टाेलीले गुन्डा नाइके लामालार्इ पेस्ताेलसहित पक्राउ गरेकाे हाे । पेस्तोलसहित...
प्रधानमन्त्री फकाउन अँध्याराेमा बालुवाटार छिरेका पराजुली निराश हुँदै फर्किए
न्यायपरिषद् सचिवालयले पदबाट मुक्त भएकाे पत्र थमाएपछि प्रधानन्यायाधीश गाेपाल पराजुली छटपटीमा देखिएका छन् । यही कारण अाफ्नाे गुमेकाे पद फिर्ता ल्याउने पहल गर्न बुधबार राति प्रधानमन्त्रीनिवास बालुवाटार प्रवेश गरेका थिए । तर, लामाे छलफलपछि बाहिरिँदा उनकाे अनुहारमा कुनै चमक थिएन । प्रधानन्यायाधीश गाेपाल पराजुली निस्कँदा निराश देखिन्थे । बालुवाटार...
ऐतिहासिक बन्यो लेकाली बसिफाँटको रजत जयन्ती
चन्द्र घलान मकवानपुर, १ चैत । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ९ मा रहेको लेकाली बसिफाँट माध्यमिक विद्यालयले फागुन २८ गतेदेखि ३० गतेसम्म विविध कार्यक्रमहरुको आयोजना गरि विद्यालयले २५ वर्ष पुरा गरेको अवसरमा आफ्नो रजत जयन्तीलाई ऐतिहासिक बनाएको छ । ‘समाजवादका लागि अनिवार्य आवश्यकता, जीवनोपयोगी शिक्षा हाम्रो प्रतिबद्धता’ हाम्रो मूल...
पराजुलीलाई न्याय परिषदको पत्राचार बैध कि अबैध
काडमाण्डौ ३० फागुन । न्यायपरिषद सचिवालयले सर्वोच्च अदालतको इजलासमै हस्तक्षेप गर्दै काटेको पत्रको आधार नै कमजोर रहेको फेला परेको छ । न्यायपरिषदका सचिव नृपध्वज निरौलाले आधार बनाएको पत्रमा प्रधानन्यायाधिश गोपाल पराजुलीको जन्म मिति २०११ बैशाख १३ भन्ने उल्लेख भएको पाईएको छ । दृष्टिलाई प्राप्त परिक्षा नियन्त्रण कार्यालयको पत्रको छायाँकपिमा...
रुपको प्रशंसा गर्दै गायक रामकृष्णले ल्याए नयाँ गीत ‘रुपैको धाक नलाउ’ (भिडियो)
काठमाडौँ । नेपाली सांगितक क्षेत्रमा विगत १२ देखि निरन्तर क्रियाशिल रहेका गायक रामकृष्ण श्रेष्ठले नयाँ लोक पप गीत ‘रुपैको धाक नलाउ’ बजारमा ल्याएका छन् । नयाँ पुस्ताको जन–जिब्रोमा निस्कने रुपको प्रशंसालाई गीतमा समेटिएको गायक श्रेष्ठले बताए । गीतमा गायक श्रेष्ठसंगै मिलन अमात्यको आवाज रहेको छ । अम्बिका गुरुङको शब्द,...
नुवाकोटको ४७ फिरफिरे बन्द गर्न निर्देशन
नुवाकोट, ३० फागुन । यहाँ सञ्चालनमा रहेका बालुवा प्रशोधन उद्योग फिरफिरे मापदण्डविपरीत पाइएपछि बन्द गर्न उद्योग विकास शाखाले पत्र काटेको छ । उद्योग विकास शाखाको आयोजनामा आज जिल्ला अनुगमन समितिको संयुक्त टोलीले गरेको अनुगमनमा बेलेकोटगढी नगरपालिकाभित्रका ४७ फिरेफिरे उद्योग सबै बन्द गर्न निर्देशनको पत्र उद्योगीलाई दिइएको शाखाका निर्देशक विजय...
राष्ट्रपति विद्या भण्डारीकाे सपथ संवैधानिक कि असंवैधानिक ?
काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीले पद तथा गोपनीयताको सपथ लिएकी छन् । उनले प्रधानन्यायाधीश गोपाल पराजुलीसमक्ष सपथ लिएकी हुन् । तर, उनकाे सपथ विवादमा परेकाे छ । राष्ट्रपतिले सपथ लिनुअघि प्रधानन्यायाधीश पदमुक्त भएको पत्र न्यायपरिषद सचिवालयले सार्वजनिक गरिसकेको थियो । न्यायपरिषदले पदमुक्त गरेकै व्यक्तिबाट राष्ट्रपतिले पद तथा गोपनीयताको...
स्थानीय तहले समन्वय नगरेकामा शिक्षक महासंघको ध्यानाकर्षण
काठमाण्डौ, ३० फागुन । नेपाल शिक्षक महासंघले प्रादेशिक कानून जारी नभएसम्म स्थानीय तहलाई विद्यालय शिक्षामा आफूखुशी निर्णय नगर्न ध्यानाकर्षण गराएको छ । महासंघको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीको आज पद हस्तान्तरण कार्यक्रममा अध्यक्ष बाबुराम थापाले विद्यालय शिक्षाको महत्वपूर्ण पक्ष आफूहरु भएकाले ट्रेड युनियन अधिकार हनन् हुने वा शैक्षिक गुणस्तरमा...
पञ्चबहादुर हस्तमालीको ७१ वर्षको उमेरमा सम्बन्धविच्छेद
कविता उपाध्याय लिबाङ, रोल्पा, ३० फागुन । रोल्पामा ७१ वर्षको उमेरमा एक जोडीले आज जिल्ला अदालत रोल्पाबाट सम्बन्धविच्छेद गरेको छ । साविकको राङ्कोट गाविस–५ रोल्पाकी ७१ वर्षीया हस्तमाली वली र उहाँका ७१ वर्षीय श्रीमान् पञ्चबहादुर वलीबीच आज जिल्ला अदालत रोल्पाबाट सम्बन्धविच्छेद भएको हो । जिल्ला न्यायाधीश वासुदेवलाल श्रेष्ठको इजलासले...










