समाचार
स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण
हेटौँडा, २ चैत । प्रदेश नं ३ का सरकारले स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण गरेको छ । प्रदेश नं ३ को मन्त्रिपरिषद्को बिहिवार बसेको बैठकले स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण गरेको हो । स्थानीय तहका जनप्रतिनिधिको तलब सुविधा सम्बन्धी विधेयक बैठकबाट पास गरेर संसद्मा पेश गर्न लागिएको सरकारका प्रवक्ता...
सार्न खोजियो भने जनता चुप बस्दैनन्–बानियाँ
मकवानपुर । प्रदेश नम्बर ३ को ऐतिहासिक प्रथम बैठकमा सांसद ईन्द्रबहादुर बानियाँले हेटौँडा नै ३ नम्बर प्रदेशको राजधानी हुन उपयुक्त भएको बताउँदै यसलाई सार्न कुनै कोशिस नगर्न समेत चेतावनी दिएका थिए । जस अनुसार उनी अहिले हेटौँडालाई नै राजधानी बनाउन कसरी अघि बढ्ने भन्ने योजना बुनेर बसेका छन् ।...
दुई तिहाई पुग्न दिदैनौँ : मुख्यमन्त्री पौडेल
मकवानपुर । मुख्यमन्त्री र राजधानी मध्ये कुनै एक छोड्नुपर्ने शर्तमा एमालेका नेता तथा केन्द्रबाट नै चेपुवामा परेका प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अन्ततः राजधानीका बारेमा मुख खोले । उनले राजधानी सार्न नदिन एक रणनीति तयार भएको खुलासा गरे । पछिल्लो समय मकवानपुरको पर्यटकीय क्षेत्रका रुपमा चर्चा कमाएको...
हेटौँडामा हुँदै हुन्न–मन्त्री स्थापित
मकवानपुर । प्रदेश नम्बर ३ मा भौतिक पुर्वाधार विकास मन्त्री बनेका मन्त्री केशव स्थापितकै चलखेलले हेटौँडाबाट प्रदेश राजधानी खोसिने खतरा बढेको छ । त्यसो त जानकारहरु प्रदेश राजधानी सर्नुमा स्थापितको मात्र हठ नभई प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्री डोरमणि पौडेललाई प्रदेश राजधानी र मुख्यमन्त्री मध्ये एकलाई छान्न बाध्य पार्ने...
३ नम्बर प्रदेश राजधानीको विषयमा तिव्र विवाद
मकवानपुर, २ चैत । प्रदेश राजधानीका विषयमा कुनै पनि विवाद गर्नुपर्ने जरुरी नदेखिएको दाबी गर्दै केही सांसदहरु चुपचाप बसेपनि प्रदेश नम्बर ३ को राजधानी कहाँ हुन्ने भन्ने विषयमा भित्रै विवाद बढेको छ । श्रोतका अनुसार प्रदेसभाले टुङ्ग्याउने विषय भएता पनि राजधानी सार्ने र नसार्नेहरुबिच अहिले जुहारी चलिरहेको छ ।...
एमालेबाट मन्त्री बन्नेको नाम सार्वजनिक ! को-को छन् लिस्टमा ?
काठमाडौं/ प्रमुख सत्तारुढ दल एमालेबाट मन्त्री बन्नेहरुको नाम छनौट गर्न अध्यक्ष केपी ओलीलाई धौधौ भएको छ । आकांक्षी धेरै भएपछि अाेलीले नेताहरूको नामका बारेमा अन्तिम टुंगो लगाउन सकेका छैनन । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले युवा नेताहरूलाई मन्त्रिपरिषदमा स्थान दिने तयारी गरेको एमाले उच्च स्रोतले बतायाे । एमालेबाट लालबाबु...
अाेली र नेपालले प्रचण्डलार्इ धाेका दिएकै हुन् त ?
काठमाडाैं / प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनमा उम्मेदवारकाे भागवण्डा, पार्टीबाट समानुपातिक उम्मेदवारकाे सिफारिस पार्टी एकीकरणमा पार्टी एकता संयेजन समितिकाे सदस्यमा रहेर भूमिका निर्वाह गरेका महासचिव र्इश्वर पाेखरेल अर्थमन्त्रीका अाकांक्षी थिए । तर, पार्टीभित्र गुट चलाउँदै अएका वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष केपी अाेलीबीचकाे सहमतिअनुसार महासचिव पाेखरेललार्इ...
विराट काेहलीलार्इ पारसले यसरी गरे विस्थापित !
काठमाडाैं / एेतिहासिक रूपमा नेपालले पाएकाे सफलतासँगै सिंगाे देशमा उमंग छाएकाे छ । याे उमंग नेपालमा मात्र हाेइन, क्रिकेटकाे अाधिकारिक निकाय अार्इसिसीमा पनि छाएकाे रहेछ । नेपालले पहिलाेपटक एकदिवसीय मान्यता पाएकाे खुसीमा अार्इसिसीले अाफ्नाे अाधिकारिक ट्वीटर र फेसबुककाे कभर नै परिवर्तन गरेकाे छ । उसले भारतीय कप्तान विराट काेहलीकाे...
बाग्मती गाउँपालिकामा शिक्षा ऐन पारित
राईगाउँ,मकवानपुर २ चैत । मकवानपुरको पूर्वीक्षेत्रको बाग्मती गाउँपालिकाको बिहीबार बसेको गाउँसभाबाट शिक्षा ऐन पारित भएको छ । नेपालको संविधान २०७२ को भाग १८ को धारा २२१ र २२६ ,अनुसूची ८ तथा स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ३ को दफा ११ (ज) मारहेको काम,कर्तव्य र अधिकार कार्यान्वयन गर्न...
डिप्रोक्सको कारोबार : ८ महिनामा करिब ९ करोड लगानी, साढे २ करोड बचत
मकवानपुर, २ चैत । विगत १५ वर्षदेखि कृषि तथा पशुपालन गर्ने किसानलाई केन्द्रित गर्दै हेटौँडामा वित्तीय कारोबार गर्दै आएको डिप्रोक्स लघुवित्त विकास संस्थाले बिहीबार हेटौंडामा वित्तीय साक्षरतासम्बन्धी गोष्ठी आयोजना गरेको छ । मकवानपुरमा रहेका संस्थाका विभिन्न ७० वटा केन्द्र प्रमुखको सहभागितामा एकदिने गोष्ठीको आयोजना गरिएको हो । संस्थाले चालु...










