संयुक्त संघर्ष समितिको आक्रोश : हेउनपाले तीन पांग्रे सवारी व्यवस्थापनमा चासो दिएन

तु खबर संवाददाता
२०७४ चैत्र ११, आईतवार १७:४४
file photo

मकवानपुर ११ चैत । नेपाल अटो इ रिक्सा व्यवसायी संघ, अखिल नेपाल विद्युतिय रिक्सा श्रमिक संघ र नेपाल अटो इ रिक्सा स्वरोजगार मजदुर यूनियन लगाएतको संयुक्त संघर्ष समितिले आज साझा रुपमा अटो तथा इ रिक्सा व्यवस्थापनमा हेटौंडा उपमहानगरपालिकाले चासो नदेखाएको भन्दै प्रेस विज्ञप्ती जारी गरेको छ ।

समितीले ६ बुँदे मागपत्र सरोकारवाला निकायलाई बुझाउने समेत संयुक्त संघर्ष समितिका संयोजक कृष्ण रेग्मीले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । मागहरुमा हेटौंडा नगर भित्रका प्रत्येक चोक ठाँउ हेरी आवश्यकता अनुसारको अटो तथा इ रिक्सा पार्किङको व्यवस्था मिलाउनु पर्ने , हाल बजारमा संचालनमा रहेका तीन पाँग्रे सवारी साधनको संङख्या एकिन गर्नुपर्ने ,सवारीको सिट संङख्या र दुरीको आधारमा भाडादर निर्धारण गरिनुपर्ने ,तीन पाँग्रे सवारी साधनलाई मुख्य राजमार्गमा प्रवेश गर्न निषेध गर्नुपर्ने , कार्यदक्षताको आधारमा सवारी अनुमतिपत्रको व्यवस्था गरीनुपर्ने साथै अन्य जिल्लाको सवारी संचालनको अनुमति लिएर यस जिल्लामा गैर कानुनी रुपमा संचालनमा आईरहेका सवारी साधनहरु माथि छानविन गरी कारवाही गरिनु पर्ने जस्ता मागहरु रहेका छन् ।

साथै सहरको मुख्य मुख्य चोकहरुमा अटो तथा इ रिक्सा पार्किङको लागि पनि नगरपालिकाले व्यवस्था गर्नुपर्ने समितिले जोडदार माग गरेको छ ।

नेपाल सरकारले २० बर्ष पुराना सवारी साधनलाई संचालनमा ल्याउन रोक लगाएपछि हाल अटो तथा मयुरीहरुले ब्रम्हलुट गरीरहेको समाचार जिल्लाका संचारमाध्यममा प्रकाशन प्रसारण भएपछि हेउनपाकोे नेतृत्वमा रुटअनुसारको ३ पांग्रे सवारी भाडादर निर्धारण भएको र त्यो भाडादर लागु नभएमा सर्वसाधारणले उजुरी गर्दा आफुहरु सजाँय भोग्न तयार रहेको समेत समितिका अध्यक्ष रेग्मीको भनाई छ ।

साथै काजगपत्र नभएका तिन पांग्रे सवारीहरुलाई हेउनपाले संचालनमा आउन दिन नहुने साथै सहरमा गुडिरहेकालाई यथावत गरी अब थप सवारी संचालनमा आउन दिन नहुने समितीको माग छ । यदि आफुहरुको माग पुरा नभए आन्दोलनमा जाने समेत समितिले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*