जुवातास खेल्ने २४ जना प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७४ चैत्र ११, आईतवार १७:१५

काठमाडौँ, ११ चैत र चन्द्रागिरी नगरपालिका–८ मातातिर्थ स्थित तुलाराज पाण्डेको घरमा जुवातास खेलिरहेका ४२ बर्षीय सुक्र बहादुर सुनुवार सहित ८ जनालाई प्रहरीले शनिबार नगद ९७ हजार रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको छ ।
यसैगरी काठमाडौँ महानगरपालिका–१५ स्थित अर्जुन थापाको डेरा कोठामा जुवातास खेलिरहेका नागार्जुन नगरपालिका–६ बस्ने ४१ बर्षीय राम लामा सहित ५ जनालाई प्रहरीले शनिबार १ बुक तास र नगद १ लाख २९ हजार ५ सय ४० रुपैयाँ सहित पक्राउ गरेको छ ।
यस्तै काठमाडौँ महानगरपालिका–१४ कलंकी स्थित न्यू लक्ष्मी गेष्ठ हाउसमा तास खेलिरहेका सोही ठाउँ बस्ने ३५ बर्षीय छिरिङ्ग गुरुङ्ग सहित ५ जनालाई प्रहरीले शनिबार नगद २१ हजार ६ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको छ ।
यसैगरी काठमाडौँ महानगरपालिका–१४ कुमारी क्लब बल्खु नजिकै खाली चौरमा पार्किङ गरी राखेको गाडीको पछाडी साईडमा जुवातास खेलिरहेका धादिङ्ग पालुङ्गे घर भई हाल काठमाडौँ स्युचार बस्ने २० बर्षीय सुरेश थापा मगर सहित ६ जनालाई प्रहरीले शनिबार नगद ९ हजार ५ सय रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*