वाम समर्थकहरूलार्इ खुसीकाे खबर : अाेली र प्रचण्डले गरे यस्ताे निर्णय

तु खबर संवाददाता
२०७४ चैत्र ११, आईतवार १६:५०
file-photo

काठमाडाैं / पार्टी एकताकाे अन्तिम चरणमा रहेका नेकपा एमाले र नेकपा माअाेवादी केन्द्रले पार्टी एकताका धेरैजसाे विषयमा सहमति जुटाएका छन् ।

पार्टी एकताकाे कार्य सम्पन्न गर्न गठन गरिएकाे कार्यदलले गाेप्य र अान्तरिक रूपमा गरिरहेकाे कार्य अन्तिम चरणमा पुगिसकेकाे छ ।

एमाले र माओवादीले पार्टी एकतासँगै जनसंगठनको नाम पनि संशोधन गर्ने समझदारी गरेका छन् ।

एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी हुने भएकाले जनसंगठनका नामबाट पनि ‘पुच्छर’ हटाएर संक्षिप्त बनाउने विधान मस्यौदा कार्यदलमा समझदारी भएको छ । एमालेका २२ र माओवादीका २४ जनसंगठन छन् ।

‘मिल्दाजुल्दा नाम भएका जनसंगठनका नामको पुच्छर हटाएर छोटो बनाउने, महासंघीय ढाँचामा रहेका पेसागत संगठनहरूलाई एउटै जनसंगठन बनाउने समझदारी भएको छ,’ विधान मस्यौदा कार्यदलका एक सदस्यले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*